शुक्रबार, ११ असार २०७८

प्रदेश १

क़तार डिबेटमा जल्पापुर मदरसाका बिदद्यार्थीद्वारा सहभागिता

केयर खबर संवाददाता April_15,2018 क़तार फाउंडेशनको आयोजनामा सम्पन्न भएको एक हफ्ते क़तार डिबेट कार्यक्रममा नेपालको प्रतिनिधत्व गर्दै सहभागी भएका बिदद्यार्थीहरू आज नेपाली राजदूतावास क़तारका राजदूत प्रोफेशर रमेश प्रसाद कोइराला सङ्ग भेट गरेका छन । क़तार फाउंडेशन बाट बिदद्यार्थी हरुको लागि छात्रबृति दिलाउन पहल गरिरहेको अम्बेसडर कोइरालाले जनाए । नेपाल प्रवासी...बाँकी अंश →


गैरकानुनी स्वास्थ्य शिविर – तीन जना पक्राउ

इटहरी, २९ चैत (रासस) ः गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी देवानगञ्ज गाउँपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयवासीबाट गैर कानुनी रुपमा पैसा असुल गर्ने तीन जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । हामी...बाँकी अंश →


अछाममा झोलुंगे पुलबाट खसेर एकको मृत्यु

अछाम, २९ चैत (रासस): अछामको साँफेबगर नगरपालिका–३ का एक युवक झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ । चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रुप बोगटी गएराति ९ बजेको समयमा चित्रेस्थित झोलुंगे पुलबाट बुढीगंगा नदीमा खसेको र घटनास्थलमा प्रहरी पुग्दा उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब...बाँकी अंश →


पर्यटकीय गन्तव्य बन्दै जेफाले भ्यूटावर

धनकुटा, २६ चैत (रासस) ः धनकुटाको चौबिसे गाउँपालिका र मोरङको केराबारी गाउँपालिकाको संगमस्थलका रुपमा रहेको जेफाले भ्यूटावर पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्दै गएको छ । यहाँ मनोरम दृश्य हेर्न हजारौँ पर्यटक आउने गरेका स्थानीय बासिन्दा बताउँछन् । भ्यूटावरबाट विश्वको उच्च शिखर सगरमाथा, मकालु,...बाँकी अंश →


सड़क दुर्घटनामा चारको मृत्यु

संखुवासभा, २५ चैत (रासस) ः जिल्लाको चैनपुर नगरपालिका–२ को सल्लेरीमा आज दिउँसो को २ त ५८०५ नंं ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका–७ का टंक पौडेल, हर्कबहादुर राई र राजेन्द्र राई रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । दुर्घटनामा चालक रमेश श्रेष्ठ घाइते...बाँकी अंश →


चैनपुरबाट मोटरबाटोले गुफापोखरी जोडिँदै

संखुवासभा, २३ चैत (रासस) ः गुराँसको राजधानीका रुपमा समेत परिचित संखुवासभाको धार्मिक एवं पर्यटकीय क्षेत्र गुफापोखरीसम्म जाने चैनपुर—नूनढाकी —गुफापोखरी सडक निर्माण कार्यले तीव्रता लिएको छ । स्थानीय उपभोक्ता समितिको अगुवाइमा नूनढाकी गुफापोखरी सडकखण्डअन्तर्गतको सडक निर्माण कार्यले तीव्रता पाएको छ । चैनपुर नगरपालिकाको रु १५ लाख बजेटबाट सो खण्डको करीब नौ...बाँकी अंश →


मुढाले हिर्काएर आफ्नै श्रीमतीको हत्या

दमक ।  काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । गएराति घरायसी विवाद हुँदा पासाङले श्रीमतीलाई कुटपिट...बाँकी अंश →


प्रेमलाई बचाउन रु एक लाख ७० हजार

इलाम, १६ चैत (रासस) ः साउदी जेलमा विगत दुई वर्षदेखि जेल जीवन बिताइरहेका प्रेमबहादुर राईको सहयोगका लागि मलेशियामा कार्यरत नेपालीले नगद सहयोग गरेका छन् । राईको उद्धारका लागि रु एक लाख ७० हजार ५७८ सहयोग गरेका हुन् । मलेशिया केहेलमा कार्यरत ३०० जना सहयोगीमार्फत माई नगरपालिका–६ का बुधराज योङहाङले संकलन...बाँकी अंश →


प्रदेश नं १को राजधानी र नामकरण छिट्टै हुने : मुख्यमन्त्री राई

विराटनगर, १४ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन् । मुख्यमन्त्रीमा निर्वाचित भएपछि साेमबार पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन् । नयाँ पूर्वाधार नयाँ संरचना खडा गर्दै जाने र विकास तथा समृद्धिका प्रतिबद्धतालाई पूरा गर्ने दायित्व...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter