संविधान लोकतान्त्रिक भएपनि सरकार मानव अधिकारमैत्री बन्न नसकेको राष्ट्रिय मानव अधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले बताएका छन्। लोकतान्त्रिक प्रक्रियाबाट चुनिएको सरकारले अलोकतान्त्रिक नीति र कानुन बनाउँदो रहेछ भन्ने उदाहरण नेपालमा छ। शर्माले सरकारले अख्तियार गरेको नीतिले जनताको पिरमर्का बुझ्न नसक्ने पनि बताए। अनुपराज शर्मासँग गरिएको कुराकानीको सम्पादित अंशः नेपालमा...बाँकी अंश →
बङ्लादेश (ढाका), ५ असोज बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र र नेपाली युवाबीच भेटवार्ता भएको छ । ग्लोबल युथ पार्लियामेण्ट र ग्लोबल ल थिङ्कर सोसाइटीद्वारा ढाकामा आयोजित ‘दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ मा भाग लिन ढाका आएको सो युवाहरुको टोलीले शनिबार राजदूतसँग भेटवार्ता गरेको हो । भेटका क्रममा राजदूत...बाँकी अंश →
काठमाडौँ, ३० भदौ आइतबारदेखि अवरुद्ध राष्ट्रियसभाको बैठक आजबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले हिजोको राष्ट्रियसभाको बैठक बाँके जिल्लाको घटनालाई लिएर अवरुद्ध गरेको थियो । बैठकमा काङ्ग्रेसले बाँके जिल्लाका आफ्ना सभापति किरण कोइरालामाथि आक्रमण गर्ने दोषीउपर कारवाही नभएसम्म बैठक चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेको थियो ।...बाँकी अंश →
चितवन, २० भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको दोस्रो बैठकले जिल्लाका सात पालिकाका ९८ वडाको नेतृत्वको जिम्मेवारी तय गरेको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट सहमति गरी नेतृत्व लिने वडा टुङ्गाइएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुर महानगरपालिकाका २९ वडामध्ये...बाँकी अंश →
अमरगढी, २० भदौ डडेल्धुरा जिल्लाबाट अवैधरुपमा तस्करी गर्न लागिएको १४ गाईसहितको मिनीट्रक र चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ र अमरगढी नगरपालिकाबाट अवैधरुपमा तस्करी गरी मुगु पु¥याउन लागिएका सयौँ सङ्ख्याका गाईमध्ये १४ गाईसहितको से १ क ३०८ नम्बरको मिनीट्रक तथा त्यसका चालक प्रकाश थापा र सुरेन्द्र चन्दलाई...बाँकी अंश →
भद्रपुर, २० भदौ पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताउनुभएको छ । झापाको चन्द्रगढीमा आज प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन...बाँकी अंश →
दाङ, २० भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गर्नुभएको छ । प्रेस सङ्गठन दाङले आज बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब बन्दुक पड्काएर समाजवाद नआउने भन्दै मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गर्नुभयो । नेकपा स्थायी कमिटीका सदस्य...बाँकी अंश →
जलेश्वर, २० भदौ बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ । सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थालेपछि ती दुवै पुरुष भागेका थिए । तर, ती महिलाले...बाँकी अंश →
चिप्लेढुङ्गा, २० भदौ विश्व कार्वन फोरम २०१९ को अवसरमा पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौता भएको छ । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख कार्यकारी निर्देशक क्युङ नाम सिनले हस्ताक्षर गर्नुभएको छ ।...बाँकी अंश →
राँझा, १९ भदौ भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल–भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनऊ नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्न लागेको हो । प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार प्रत्येक दिन उत्तरप्रदेश परिवहन...बाँकी अंश →
काठमाडौँ, १८ भदौ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारसम्बन्धी विधेयकमा सञ्चार क्षेत्रलाई नियन्त्रण नभई स्वनियमनमा बढी जोड दिइने जनाउनुभएको छ । संविधानतः व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थामाथि सरकारका तर्फबाट कुनै बन्देज, सेन्सर वा उल्झन नहुने स्पष्ट पार्दै उहाँले लोकतन्त्र र प्रेसलाई सँगसँगै हिँडाउने मान्यतालाई आत्मसात् गरी नयाँ कानून...बाँकी अंश →
काठमाडौँ, १८ भदौ राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार काठमाडौँमा बस्ने भएको छ । पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) एकीकरणपछि पहिलोपटक बस्न लागेको उक्त बैठकले समान वैचारिक शक्तिसँगको एकता तथा सङ्गठन सुदृढीकरणका लागि छलफल गर्ने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: