शनिबार, १५ बैशाख २०८१

दुई मन्त्रीलाई बर्खास्त गर्नुपर्ने एमालेको माग कायम

१३ फाल्गुन २०८०, आईतवार २०:०० मा प्रकाशित

काठमाडौं– नेकपा एमालेले  छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा एमालेले यस्तो माग गरेको हो । एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र स्वास्थ्य तथा जनसंख्यामन्त्री महेश बस्नेतलाई बर्खास्त गर्नुपर्ने माग राख्दै आएको छ ।

आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘हामी कहिले पनि संसद अवरोध होस् भन्ने चाहँदैनौं । तर, प्रतिपक्षले उठाएका विषय नसुन्ने गर्न खोज्दा संसद अवरोध विगतमा भएका छन्,’ विवादित मन्त्रीहरुबारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ दिनुहोस् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter