बिहिबार, १५ चैत २०८०

अछाममा झोलुंगे पुलबाट खसेर एकको मृत्यु

२९ चैत्र २०७४, बिहीबार १०:१६ मा प्रकाशित

अछाम, २९ चैत (रासस): अछामको साँफेबगर नगरपालिका–३ का एक युवक झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ ।

चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रुप बोगटी गएराति ९ बजेको समयमा चित्रेस्थित झोलुंगे पुलबाट बुढीगंगा नदीमा खसेको र घटनास्थलमा प्रहरी पुग्दा उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter