शुक्रबार, १४ बैशाख २०८१

प्रदेश १

प्रदेशस्तरीय अपराध अनुसन्धान बैठक शुरु

विराटनगर, १ असार (रासस)ः संगठित अपराध, महिला तथा बालबालिका बेचबिखन र फौजदारी अपराध नियन्त्रण कार्यान्वयन सम्बन्धमा आपसी सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा आजदेखि यहाँ बैठक शुरु भएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौँद्वारा आयोजित प्रभावकारी अनुसन्धान तथा अभियोजनको लागि प्रहरी र सरकारी वकिलहरुको प्रदेश नं १ र २...बाँकी अंश →


इदुल फित्र भोलि

विराटनगर, १ असार (रासस) ः इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र मुस्लिमहरुले भोलि मनाउने भएका छन् । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरुले जेठ ३ गतेदेखि रोजा (व्रत) शुरु गरेका थिए । यसलाई रमजान पनि भनिन्छ । पर्व धुमधामसँग मनाउन इस्लाम धर्मावलम्बीहरुले सम्पूर्ण तयारी गरिसकेका छन् । रमजान महिनामा मुसलमानहरुको...बाँकी अंश →


विश्वकप हेरेर फर्कँदा बाढीमा परी युवक बेपत्ता

ताप्लेजुङ, १ असार (रासस) ः ताप्लेजुङमा गएराति विश्वकप फुटबल अन्तर्गत रुस र साउदी अरबबीचको उदघाटन खेल टेलिभिजनमा हेरेर फर्कने क्रममा बाढीमा परी एकजना बेपत्ता भएका छन् । फुङलिङ नगरपालिका–९, हाङ्देवाबाट सदरमुकाम आउने क्रममा सदरमुकाम र हाङ्देवाबीचमा पर्ने लप्सेखोलामा आएको बाढीमा परी इलाम घर भई हाल फुङलिङ नगरपालिकामा रहेको पाथीभरा मोटरसाइकल...बाँकी अंश →


उपप्रधान मन्त्री–पत्रकार भेट

विराटनगर, ३१ जेठ (रासस) ः उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान बहुमतको सरकारलाई काम गर्ने राम्रो अवसर प्राप्त भएको बताउनुभएको छ । प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई पूर्णरुपमा सफल बनाउने...बाँकी अंश →


लघुवित्तसम्बन्धी नीति परिमार्जन गर्न माग

मंगलबारे, इलाम, ३१ जेठ (रासस) ः हालको लघुवित्तसम्बन्धी नीतिले गाउँगाउँमा समस्या निम्त्याएको भन्दै यससँग सम्बन्धित नीति परिमार्जन गर्न सरोकारवालाले माग गरेका छन् । नेपाल मधेश फाउण्डेशन, सुन्दर शान्त नेपाल नामक संस्थाद्वारा सदरमुकाममा आयोजित ‘वित्तिय संस्थाले पारेको सामाजिक प्रभाव तथा असर’ विषयक कार्यक्रमका वक्ताले विकृति र विसंगति बढेकाले यस्तो नीति परिमार्जन...बाँकी अंश →


सडक सञ्जाल विस्तारले स्थानीयवासी खुशी

जाजरकोट, ३१ जेठ (रासस) ः यहाँको कुशे गाउँपालिकाभित्रका सबै वडामा सडक पुगेको छ । गाउँपालिकाभित्र रहेका नौवटा वडाभित्रको १०० किलोमिटर सडक विस्तार भएको गाउँपालिकाले जनाएको छ । केन्द्रीय बजेटदेखि गाउँपालिकाको करीब रु चार करोड बजेट परिचालन गरी सडक विस्तार गरिएको हो । कुशेगाउँपालिकाभित्र सडक निर्माण गर्न थालेको करीब पाँच वर्षभित्र...बाँकी अंश →


बेलिब्रिज खोलेपछि उपभोग्य वस्तुको मूल्य दोब्बर

गाईघाट, उदयपुर, ३१ जेठ (रासस) ः गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा पानीको बहाव बढेपछि बेलिब्रिज खोलिएको छ । अठार दिनअघि बेलिब्रिज खोलेपछि अहिले जिल्लाको उत्तरी पहाडी क्षेत्र र खोटाङको तल्लो दक्षिणी क्षेत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले वृद्धि भएको छ । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीको बेलिब्रिज खोलेसँगै यस क्षेत्रमा...बाँकी अंश →


धारिलो हतियार प्रहार गरी श्रीमान्को हत्या

ताप्लेजुङ, ३१ जेठ (रासस) ः ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा गएराति धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्यापछि आफ्नी पाँच वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति नै...बाँकी अंश →


नगर प्रमुख ओली लक्षित बम निष्क्रिय

दमक, ३१ जेठ (रासस) ः झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो । दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आउनुभएको छ । नगर प्रमुख ओलीका अनुसार...बाँकी अंश →


पर्वमा पोषणयुक्त खानेकुरा पाएपछि गरीब पनि खुशी

इनरुवा, ३१ जेठ (रासस) ः सुनसरी जिल्लको भोक्राहा नरसिंह गाउँपालिका–५ की बिबीसैनी खातुनलाई कसरी आफ्को महान पर्व रमदान मनाउने भने चिन्ताले सताएको थियो । तर एक मुस्लिम गैरसरकारी संस्थाले उहाँलाई पोषणको खाद्यान्न प्याकेज दिएपछि त्यो चिन्ताबाट उहाँ मुक्त हुनुभएको छ । बिबीसैनीजस्तै सुनसरी सदरमुकाम इनरुवा–९ बबियाका मसिना खातुनको अवस्था पनि...बाँकी अंश →


अनुसन्धान गर्न ‘बडी क्यामेरा’ प्रयोग गर्दै प्रहरी

बनियानी, झापा, ३१ जेठ (रासस) ः इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ । अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । इप्रकाको कार्यप्रगति विवरणबारे जानकारी दिन बुधबार यहाँ...बाँकी अंश →


उद्योग संगठनमा घिमिरे

विराटनगर, ३० जेठ (रासस) ः उद्योग संगठन मोरङको ४६औँ वार्षिक साधारणसभाले भीम घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति सर्वसम्मत चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, कोष उपाध्यक्षमा प्रदीप मुरारका, कृषि, जलस्रोत र ऊर्जा उपाध्यक्षमा राजकुमार गोल्छा तथा रोजगारदाता उपाध्यक्षमा राकेश सुरानालाई चयन गरिएको छ । यस्तै, कार्यकारिणी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter