आइतबार, २३ बैशाख २०८१

प्रदेश १

प्रम ओलीले आज सम्बोधन गर्ने

विराटनगर, २६ जेठ (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दै हुनुहुन्छ । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । यसअघि उहाँले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसक्नुभएको छ । –––बाँकी अंश →


प्रदेश १ को बजेटमा कृषि र पर्यटनलाई प्राथमिकता दिनुपर्ने

पथरी, मोरङ, २५ जेठ (रासस) ः अर्थशास्त्री र पर्यटनविज्ञले प्रदेश नं १ को सरकारलाई कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिनुभएको छ । सबैभन्दा पहिले कृषिमा लगानी थपिनुपर्ने अर्थशास्त्री डा भेषप्रसाद धमलाको भनाइ छ । धमलाका अनुसार अझै पुरानै ढर्राको बजेटले मुलुक चल्दैन । उहाँले भन्नुभयोे, “परम्परागत...बाँकी अंश →


मानव अधिकारवादीसँग सञ्चारकर्मी संवाद

इटहरी, २५ जेठ (रासस) ः प्रदेश नं १ को मानवअधिकार रक्षक परिषद्ले बिहीबार सुनसरीको इटहरीस्थित त्रियुगा होटलको सभाकक्षमा मावन अधिकारकर्मी र सञ्चारकर्मीबीचको विशेष अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ । मानव अधिकार रक्षक परिषद् निर्माणको चौथो वर्ष प्रवेशको अवसर पारेर विशेष वार्षिकोत्सवसहित मानव अधिकारकर्मीसमेतको रक्षाका लागि के कसरी प्रदेश वा...बाँकी अंश →


स्थानीय तह जवाफदेही बन्नुपर्छ ः आयुक्त डा गुरुङ

धनकुटा, २५ जेठ (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्रा थापा गुरुङले सुशासनको प्रत्याभूति दिलाउँदै जवाफदेही सेवा प्रवाह गर्न स्थानीय तहलाई निर्देशन दिनुभएको छ । बिहीबार धनकुटा जिल्लास्थित सरोकारवाला निकायको सहभागितामा भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषय अन्तक्र्रिया कार्यक्रममा स्थानीय तहले भ्रष्टाचारमा शून्य सहनशीलता व्यवहारमा देखाउनुपर्ने...बाँकी अंश →


एड्भान्स हस्पिटलमा हाडजोर्नीको सफल शल्यक्रिया

दमक, २४ जेठ (रासस) ः यहाँस्थित दमकको एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ । हाडजोर्नीमा जटिल किसिमको यसखाले शल्यक्रिया करीब पाँच घण्टा लगाएर सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत जेठ १८ गते मोटरसाइकल दुर्घटनामा परेर दाहिने खुट्टा भाँचिएका झापा, कमल गाउँपालिका–५ का प्रकाश गुरुङको...बाँकी अंश →


डा खड्का र राजदूतबाट विद्यालयलाई सहयोग

गाईघाट, उदयपुर, २४ जेठ (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नम्बर १ का सांसद डा नारायण खड्का र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले बुधबार उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित जिल्लाकै पुरानो सरकारी विद्यालय त्रियुगा उच्च माविको अवलोकन गर्नुभएको छ । त्रियुगा उच्च माविको अवलोकनपछि आफ्नो...बाँकी अंश →


मीरा राईको सम्मानार्थ मुन्दुम अल्ट्रा ट्रेल रेस

भोजपुर, २४ जेठ (रासस) ः विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा भोजपुरमा भोलि खुल्ला मुन्दुम अल्ट्रा ट्रेल रेस—२०७५’ हुने भएको छ । राईको सम्मानार्थ २५ जेठ शुक्रबार स्थानीय टँुडिखेलबाट जिल्लाको एक शिखर मयुङ्गसम्म ५२ किलोमिटर दूरीमा रेस सञ्चालन गर्ने तयारी भइरहेको हो । प्रतियोगितामा विभिन्न जिल्लाका १७ महिला र ६४...बाँकी अंश →


शान्ति र समृद्धि नै मूल लक्ष्य–मुख्यमन्त्री राई

इटहरी, २३ जेठ (रासस) ः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शान्ति र समृद्धि प्राप्ति नै अबको मूल उद्देश्य रहेकाले त्यसका लागि सबैले अझ मिहेनतपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभएको छ । डिभाइन ट्रेनिङ सेन्टर इटहरीले आज इटहरीमा आयोजना गरेको विशेष सम्मान समारोहमा बोल्दै उहाँले आर्थिक पारदर्शिता कायम गरी सुशासनबाट जनतालाई...बाँकी अंश →


कोशी अञ्चल अस्पताल सुधारमा महानगरपालिकाको सक्रियता

विराटनगर, २३ जेठ (रासस) ः महानगरपालिकाले कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान सञ्चालन गरेको छ । अस्पताल प्रशासनसँगको समन्वयमा बच्चा वार्ड, फोहरमैला व्यवस्थानका साथै भौतिक संरचना सुधारका लागि तत्काल सुधार अभियान सञ्चालन गरिने भएको हो । महानगरले अस्पतालको आसपासको क्षेत्रमा आज पनि सरसफाइ अभियान सञ्चालन गरेको छ । विराटनगर...बाँकी अंश →


प्रहरीद्वारा भेटिएको रकम फिर्ता

विराटनगर, २३ जेठ (रासस) ः इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गर्नुभएको छ । विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिनुभएको बेलामा सो रकम भेटिएको थियो । विराटनगर–१० बस्ने डा क्षितिज गिरीलाई सो रकम मंगलबार फिर्ता गरिएको इलाका प्रहरी कार्यालय...बाँकी अंश →


सुनसरीमा जंगली हात्तीको आतंक

इनरुवा, २३ जेठ (रासस) ः सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घरबालीमा क्षति पु¥याउने गरी आतंक मच्चाउन थालेको स्थानीयवासी चन्दन मगरदैताले जानकारी दिनुभयो । रातिको समयमा दैनिकजसो कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आतंक मच्चाउन थालेपछि स्थानीयवासी त्रसित...बाँकी अंश →


कोशी गापामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

इनरुवा, २३ जेठ (रासस) ः सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिनुभयो । यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter