आइतबार, २३ बैशाख २०८१

उपप्रधान मन्त्री–पत्रकार भेट

३१ जेष्ठ २०७५, बिहीबार १६:१२ मा प्रकाशित

विराटनगर, ३१ जेठ (रासस) ः उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान बहुमतको सरकारलाई काम गर्ने राम्रो अवसर प्राप्त भएको बताउनुभएको छ ।

प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई पूर्णरुपमा सफल बनाउने विचार व्यक्त गर्नुभयो ।

दुई तिहाइ बहुमतको सरकारले मुलुकमा लोकतन्त्र, आर्थिक विकास र समृद्धिका निम्ति इमान्दारीपूर्वक काम गर्ने भन्दै उपप्रधान एवं रक्षामन्त्री पोखरेलले सरकारले बोलेका एजेण्डाहरु पूरा गराउन चुनौती पनि रहेको धारणा राख्नुभयो ।

संविधान संशोधनीय दस्तावेज भएकाले संसदीय अभ्यास, औचित्यको आधारमा संशोधन हुने बताउँदै उपप्रधानमन्त्री पोखरेलले राजनीतिक स्थिरता कायम गर्न पनि मुलुकमा बहुमतको सरकारको आवश्यकता थियो भन्नुभयो ।

उहाँले निकट भविष्यमा तराई तथा पहाडमा आउने बाढी र पहिरोका कारण हुने जनधनको क्षति रोक्न सरकार पूर्णरुपमा तयारी अवस्थामा रहेको बताउँदै विपद् व्यवस्थापन गर्न सरकारसँग उपलब्ध सबै स्रोत परिचालन गर्ने बताउनुभयो ।

अनुचित कार्य गर्नेलाई कुनै पनि हालतमा सरकारले नछाड्ने भन्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले नेपाली सेना सैनिक ऐन, २०६३ र नियमावलीको आधारमा चलिरहेको जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter