आइतबार, २३ बैशाख २०८१

प्रदेश १

आगलागीबाट पाँच लाख बराबरको क्षति

गौशाला, १७ असार (रासस) ः महोत्तरी जिल्लाको मनरा नगरपालिका–७ सरपल्लो बजारमा एक मिठाई पसलमा शनिबार अबेर साँझ आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार शनिबार सरपल्लो बजारमा अवस्थित तलेश्वर साहको मिठाई पसलमा भीषण आगलागी भएको थियो ।...बाँकी अंश →


अबको बाटो समृद्धि ः मुख्यमन्त्री राई

इटहरी, १७ असार (रासस) । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनताले ठूलठूला बलिदानी गरेर राजनीतिक क्रान्ति गरिसकेकाले अबको बाटो आर्थिक समृद्धि भएको बताउनुभएको छ । मुख्यमन्त्री राईले एक निजी टेलिभिजन एभिन्यूजले शनिबार इटहरीमा आयोजना गरेको स्थापनाको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजित बहस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो धारणा...बाँकी अंश →


किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ – मन्त्री बाँस्कोटा

सुरुङ्गा, झापा १५ असार (रासस) ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताउनुभएको छ । झापाको कमल गाउँपालिकाले धान दिवसको अवसरमा आज केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा सहभागी हुँदै मन्त्री बाँस्कोटाले यस्तो बताउनुभएको हो । किसानलाई सहयोग गर्न राज्य...बाँकी अंश →


सरकार स्वेच्छाचारी ढंगले काम गर्न थाल्यो ः नेता गच्छदार

इटहरी, १४ असार (रासस) ः नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले सरकारले स्वेच्छाचारी ढंगले काम गर्न थालेको आरोप लगाउनुभएको छ । नेपाल नाई संघको प्रदेश नं. १ स्तरीय प्रथम भेलालाई आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारको जथाभावी कार्यप्रति सचेत रहन सम्बन्धीत सबै पक्षसंग आग्रह गर्नुभयो । नेता गच्छदारले मुलुकको आर्थिक सामाजिक...बाँकी अंश →


मुलुकलाई समृद्धिको मार्गमा लानु नै सरकारको प्रहिलो प्राथमिकता – मन्त्री बाँस्कोटा

सुरुङ्गा, झापा, १४ असार (रासस) ः सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्धिको मार्गमा डो¥याउनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज झापाको चन्द्रगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रतिपक्षले उठाएका असल कुराहरुलाई यथोचित स्थान दिएर समृद्ध मुलुक निर्माणका लागि वर्तमान सरकार अघि बढ्ने बताउनुभयो ।...बाँकी अंश →


विमानस्थलको धावन मार्ग तीन हजार मिटर विस्तार गर्ने प्रदेश मन्त्रिपरिषद्को निर्णय

विराटनगर, १३ असार (रासस) ः प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न तीन हजार मिटरको धावन मार्ग निर्माण गरी विस्तार गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले विराटनगर विमानस्थल हाल एक हजार ५०० मिटर लम्बाइ भएकाले...बाँकी अंश →


नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

भुटाहा:- सुनसरीको हरिनगर गाउँपालिका वडा नं. २ भुटाहा र वडा नं. ६ घुस्कीमा सञ्चालित नेतृत्व विकास तथा क्षमता विकास सम्बन्धि ४ दिने तालिम सम्पन्न भएको छ । नेपाल पिछडावग OBC महासंघ प्रदेश नं. १ कार्यसमिति विराटनगरकाे आयोजना , संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय पिछडिएकाे समुदाय उत्थान विकास समितिकाे सहयोग...बाँकी अंश →


नक्सा पास गर्न अनिवार्य रुपमा शौचालय बनाउनुपर्ने

उर्लाबारी, मोरङ १२ असार (रासस) ः मोरङको बेलवारी नगरपालिकाले शौचालय नभएको घरको नक्सा पास नगर्ने भएको छ । नयाँ घर बनाउँदा सुरुमै शौचालयसहितको नक्सा बनाउनुपर्ने नियम नगरपालिकाले नगरपरिष्दबाटै पास गरेको छ । घरमा शौचालय बनाएपछि मात्रै घरको नक्सा पास गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताउनुभयो । बेलबारी नगरपालिकालाई...बाँकी अंश →


सगरमाथा कप भलिबल फाइनल आज

धनकुटा, १२ असार (रासस) ः चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा भइरहेको प्रदेशस्तरीय प्रथम सगरमाथा कप भलिबल प्रतियोगिताको फाइनलमा सुनसरी र ओखलढुंगाबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको १ नं प्रदेशस्तरीय भलिबल खेलको सेमिफाइनलमा सुनसरीले ताप्लेजुङलाई र ओखलढुंगाले भोजपुरलाई पराजित गरेपछि सुनसरी र ओखलढुंगाबीच फाइनल खेल आज हुने निश्चित भएको छ...बाँकी अंश →


स्थानीय निकायमा असारभित्र कर्मचारी समस्या समाधान हुने

विराटनगर, ११ असार,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्थानीय तहमा अपुग रहेका पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्ममा पुगी जनताको सेवा गर्नेछन् भन्नुभयो । मन्त्री पण्डितले दरबन्दीअनुसार स्थानीय तहको...बाँकी अंश →


मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति

उर्लाबारी मोरङ, १० असार . मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट रु ३० का दरले रकम उठाएर गरिएको ग्राभेल मापदण्ड विपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । चार सय १७ मिटर लम्बाइको...बाँकी अंश →


भुटाहा हुदै हरिनगरा जाने बाटो अबरुद्ध

नसीम अन्सारी भुटाहा :- सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं. २ भुटाहामा रहेको मरिया खाेलामा बाढी अाएकाे कारण भुटाहा हुदै हरिनगरा जाने बाटो अबरुद्ध भएको छ। साे खाेलामा रहेको बान्ध गतवर्ष बाढीले बगाएका थिए। बगाएको बान्ध समयमा फहल नभएको कारण र सडक बिभागले समय काम नगरेको स्थानीय बासिन्दाहरुले अाराेप समेत लगाएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter