आइतबार, २३ बैशाख २०८१

प्रदेश १

दरबन्दी माग गर्दै गाउँपालिकामा ध्यानाकर्षणपत्र

इनरुवा, ३० जेठ (रासस) ः सुनसरीको कोशी गाउँपालिकाभित्र रहेका १६ वटा विद्यालयमा दरबन्दी शून्य रहेकाले सम्बद्ध विद्यालयका सञ्चालकहरूले दरबन्दीे माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । गाउँमा शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका ३१ सामुदायिक विद्यालयमध्ये १६ विद्यालयमा दरबन्दी शून्य रहेको...बाँकी अंश →


काँग्रेस महाधिवेशन छिट्टै गर्न माग

विराटनगर, ३० जेठ (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने बताउनुभएको छ । कोइराला निवासमा आज पत्रकारसँगको भेटघाटमा उहाँले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर महाधिवेशनको प्रक्रियामा जानुपर्ने औँल्याउनुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले सहमति र विधान नमान्ने गरेको आरोप लगाउँदै...बाँकी अंश →


देश विकासका लागि पारदर्शी र सुशासन हुनुपर्छ ः उपनेता गच्छदार

इनरुवा, ३० जेठ (रासस) ः नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले देश विकासका लागि सत्तारुढ दलले पारदर्शी र सुशासनका साथ काम गर्नुपर्ने बताउनुभएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्नहुँदै नेता गच्छदारले विकासका लागि सुशासन र पारदर्शिता आवश्यक पर्दछ भन्नुभयो । नेता गच्छदारले काँग्रेसको नेतृत्वको...बाँकी अंश →


कोशी गापाका १६ विद्यालयमा दरबन्दी शून्य

नरुवा, २९ जेठ (रासस) ः सुनसरीको कोशी गाउँपालिकाभित्र रहेका १६ विद्यालयमा दरबन्दी शून्य रहेको भन्दै विद्यालय सञ्चालकले दरबन्दीको माग गर्दै सोमबार गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । गाउँमा शिक्षा ऐन—२०२८ तथा शिक्षा नियमावली २०५९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका ३१ सामुदायिक विद्यालयमध्ये १६ विद्यालयमा दरबन्दी शून्य रहेको भन्दै...बाँकी अंश →


दुई वर्षभित्र असुरक्षित गर्भपतन शून्य बनाउने लक्ष्य

तेह्रथुम, २८ जेठ (रासस) ः सुरक्षित गर्भपतनसम्बन्धी सेवा शुरु भएको छोटो अवधिमै जिल्लाका धेरै महिलाले गर्भपतन गराएका छन् । सरकारी स्वास्थ्य संस्थाबाटै निःशुल्क मान्यताप्राप्त स्वास्थ्यकर्मीले गर्भपतन सेवा दिन थालेपछि असुरक्षित गर्भपतन गराइरहेकाहरु पनि स्वास्थ्य संस्थामै जान थालेका हुन् । जिल्लामा सुरक्षित गर्भपतन सेवा शुरु भएको तीन महिना पूरा नहुँदै २३३...बाँकी अंश →


प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याइने ः मुख्यमन्त्री राई

विराटनगर, २८ जेठ (रासस) ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज यहाँ आयोजित वायु सेवा कम्पनीहरुको सेवा प्रवाह एवं विमानस्थलका लागि भावी योजना विषयक अन्तक्र्रिया कार्यकममा उहाँले प्रदेशमा रहेका धार्मिकस्थल...बाँकी अंश →


सुशासन र स्थिरताका लागि कम्युनिष्ट पार्टीहरु एक भएको अध्यक्ष दाहालको भनाइ

विराटनगर, २७ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम राख्न कम्युनिष्ट पार्टीहरु एक भएको बताउनुभएको छ । उद्योग संगठन मोरङ स्वर्ण जयन्ती समापन समारोह एवं ४६औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा...बाँकी अंश →


बल्ल बसपार्कले जग्गा पाउने भयो

गाईघाट, उदयपुर, २७ जेठ (रासस) ः उदयपुर जिल्लाको पूर्वी व्यापारिक केन्द्रका रुपमा रहँदै आएको चौदण्डी गढी नगरपालिकास्थित बेल्टार बजारमा बसपार्कको नाममा जग्गा नभएका कारण यहाँ सञ्चालन हुने सवारी साधन अस्तव्यस्त थियो । विसं २०५४ देखि बेल्टार बजार क्षेत्रबाट अन्यत्र क्षेत्रसम्म आवतजावत गर्न औपचारिकरुपमा यातायातका साधन सञ्चालन भए पनि स्थायी बसपार्क...बाँकी अंश →


संघीय सरकारमा सहभागी नहुने अध्यक्ष मण्डलका सदस्य महतोको भनाइ

विरानगर, २७ जेठ (रासस) ः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान अवस्थामा पार्टी संघीय सरकारमा सहभागी नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी सामु उहाँले संविधान संशोधनका विषयमा लिखित प्रस्ताव आएमा मात्र सरकारमा जाने प्रष्ट पार्नुभयो । अध्यक्ष मण्डलका सदस्य महतोले संविधान संशोधनका विषयमा विगतमा...बाँकी अंश →


प्रदेश २ को सरकारमा नेकपा सहभागी नहुने ः अध्यक्ष दाहाल

विराटनगर, २७ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको वताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भएपनि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ को...बाँकी अंश →


खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु

काँकडभिट्टा, २७ जेठ (रासस) ः पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नारी सञ्चार गृह झापाले सात दिवसीय खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु गरेको छ । शनिबारबाट चारआलीमा शुरु गरिएको तालीममा महिला पत्रकारसहित ४० जनाको सहभागिता रहेको छ । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले उद्घाटन गर्नुभएको तालीमको अध्यक्षता संस्थाकी अध्यक्ष...बाँकी अंश →


व्यापारीको समस्या समाधान गर्न अग्रसर ः प्रधानमन्त्री ओली

विराटनगर, २६ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा, ओलीले उद्योगी व्यवसायीको समस्या समाधान गर्न नीतिगत र प्रशासनिक अप्ठ्यारा हटाउन सरकार अग्रसर रहने बताउनुभएको छ । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा आज संयुक्तरुपमा विराटनगरमा आयोजित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “व्यापारीहरुलाई आत्मनिर्भर बनाउनका लागि प्रशासनिक झन्झट, नीतिगत...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter