शुक्रबार, १४ बैशाख २०८१

प्रदेश ५

२४ सै घण्टा काम हुने भएपछि “ जितपुर–तौलिहवा सडक एक महिना बन्द”

  केयर खबर: जेष्ठ १४ । कपिलबस्तुको सदरमुकाम तौलिहवादेखि जितपुर (चार नम्बर) सम्म जोड्ने तौलिहवा–जितपुर सडकखण्ड १ महिनाका लागि बन्द हुने भएको छ । सडक स्रोन्नती गर्दै कालोपत्रे गरिने भएकाले सडक एक महिनाका लागी चौबिसै घण्टा बन्द गरिएको डिभिजन सडक कार्यालय शिवपुर कपिलबस्तुका प्रमुख रमेश प्रसाद पौडेलले बताए । तौलिहवा–जितपुर...बाँकी अंश →


सङ्क्रमण रोक्न उच्च सतर्कता

रुपन्देही, १४ जेठ (रासस) ः चितवन र काठमाडौँमा बर्डफ्लुको सङ्क्रमण फेला परेपछि रुपन्देहीको नाकामा उच्च सतर्कता अपनाइएको छ । जिल्लाको सीमा क्षेत्र सुनौली, मर्चवार, धकधई, गजेडीलगायतका क्षेत्रमा जाँच कडा बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला इभियन इन्फ्लुयन्जा प्राविधिक समितिका संयोजक उदयबहादुर रानाले जानकारी दिनुभयो । उहाँले क्वारेन्टाइन चेक पोष्टलाई...बाँकी अंश →


झाडापखाला नियन्त्रणमा

तुलसीपुर, दाङ, १४ जेठ (रासस) ः पश्चिम दाङको शान्तिनगर गाउँपालिका– ३ र ४ का विभिन्न गाउँमा महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । शनिबार र आइतबार गरी ती दुई वडाका पातेटाकुरा, एकलीलगायतका गाउँमा झाडापखालबाट ८८७ घरका एक हजार २०२ जना बिरामी परेको शान्तिनगर गाउँपालिकाका वडाध्यक्ष कमानसिंह डाँगीले जानकारी दिनुभयो...बाँकी अंश →


लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न

रामपुर, पाल्पा, १४ जेठ (रासस) ः बगनासकाली गाउँपालिका– ८ बराङ्दी घिउसीबासमा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगको रु १५ लाख र स्थानीय जनसहभागिताको रु तीन लाख ६० हजार गरी जम्मा रु १८ लाख ६० हजारको लगानीमा तीन वर्षको समय अवधिमा निर्माण कार्य सकिएको घिउसीबास लिफ्टिङ...बाँकी अंश →


तिलिचो तालमा प्रदूषण बढदै

मनाङ, १३ जेठ (रासस) ः विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको हो । मनाङ जिल्लाको निस्याङ गाउँपालिका–९ मा रहेको यस ताल चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ । सिजन होस् या अफ सिजन यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको...बाँकी अंश →


रासस समाचार प्रभावः बालगृहबाट ३३ बालबालिकाको उद्धार

रुकुम, १२ जेठ (रासस) ः रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकामा मापदण्डविपरीत सञ्चालन गरिएको एक बालगृहबाट आज ३३ बालबालिकाको उद्धार गरिएको छ । मुसिकोट–१ बागबजारमा अवैधरुपमा सञ्चालन भएको नर्सिङ हिमालय अनाथ नामको बालगृहबाट रुकुमका नौ र जुम्लाका २४ बालबालिकालाई उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो । न्यूनतम मापदण्ड पनि पूरा नगरेर...बाँकी अंश →


बालबिबाह रोक्न कपिलबस्तुमा किशोरीहरुको भलिबल प्रतियोगिता ।

  अजय बर्मा,कपिलबस्तु । जेष्ठ १२ । समाजमा ब्याप्त कुरितीको रुपमा रहेको बालबिबाह रोक्न कपिलबस्तुमा किशोरी भलिबल प्रतियोगिता आयोजना गरिएको छ । “बालबिबाह रोक्न म नेतृत्व लिन्छु” भन्ने नाराका साथ जिल्ला स्तरीय किशोरी सशक्तिकरण संजाल कपिलबस्तुको आयोजना, दलित सामाजिक बिकास केन्द्र कपिलबस्तु र केयर नेपालको सहयोगमा तौलिहवामा भएको किशोरी भलिबल...बाँकी अंश →


खानेपानीको समस्या समाधानका लागि गुरुयोजना आवश्यक

दाङ, १२ जेठ (रासस) ः प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङमा खानेपानी सहज आपूर्तिका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । जिल्ला खानेपानी डिभिजन कार्यालय र जिल्ला पानी सञ्जाल, दाङको आयोजनामा आज दाङको तुलसीपुरमा आयोजित खानेपानीको दिगो विकास व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा सो कुरा बताउनुभएको...बाँकी अंश →


पश्चिम दाङमा झाडापखालाबाट ३५० बढी बिरामी

तुलसीपुर, दाङ, १२ जेठ (रासस) ः पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ मा पातेटाकुरा गाउँमा झाडापखालाका कारण ३५० बढी बिरामी परेका छन् । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार झाडापखालाका कारण २०० भन्दा बढी बिरामी भएको खबर पाएलगतै आजै दिउँसो औषधिसहित स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको छ ।...बाँकी अंश →


साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

रोल्पा, १२ जेठ (रासस)  साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन् । उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन् । कम्पनीको कामको सिलसिलामा विसं २०७३ जेठ ३१ गते आफैँले चलाएको ट्रकले किचेर साउदी नागरिक ओतिन...बाँकी अंश →


बाल्टीको पानीमा डुबेर मृत्यु

रामपुर, पाल्पा, १२ जेठ (रासस) ः बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजे मृत्यु भएको छ । शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिनुभयो । –––बाँकी अंश →


आयोगको कार्यालय भवन निर्माण

नेपालगञ्ज, १२ जेठ (रासस)  करीब रु पाँच करोडको लागतमा स्थानीय कारकाँंदोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय भवन बनेको छ । आयोगको कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले एक डेढ महिनाभित्र भवनमा सर्ने बताउनुभयो । नेपाल सरकारको लागतमा निर्माण भएको भवनमा कार्यालय र प्रहरी गरी दुई ब्लक छन् । –––बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter