आइतबार, १६ बैशाख २०८१

बालबिबाह रोक्न कपिलबस्तुमा किशोरीहरुको भलिबल प्रतियोगिता ।

अजय बर्मा,कपिलबस्तु

१२ जेष्ठ २०७५, शनिबार २०:५५ मा प्रकाशित

 

अजय बर्मा,कपिलबस्तु । जेष्ठ १२ ।

समाजमा ब्याप्त कुरितीको रुपमा रहेको बालबिबाह रोक्न कपिलबस्तुमा किशोरी भलिबल प्रतियोगिता आयोजना गरिएको छ । “बालबिबाह रोक्न म नेतृत्व लिन्छु” भन्ने नाराका साथ जिल्ला स्तरीय किशोरी सशक्तिकरण संजाल कपिलबस्तुको आयोजना, दलित सामाजिक बिकास केन्द्र कपिलबस्तु र केयर नेपालको सहयोगमा तौलिहवामा भएको किशोरी भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

किशोरको तुलनामा किशोरीहरु घरसमाजमा कुण्ठित तवरले बस्नुपर्ने स्थितीलाई अन्त्य गर्ने र खेलको माध्यमबाट सामाजिक जागरुकता ल्याउने उदेश्य सहित आयोजित प्रतियोगितामा जिल्लाका ३ वटा कलस्टरहरुको सहभागिता रहेको छ । शनिबार आयोजित प्रतियोगिताको फाइनलमा कृष्णनगर नगरपालिका वडा नं. ५ स्थित रोज किशोरी समुह, यशोधरा गाउपालिका वडा नं. ७ स्थित शिवशक्ति किशोरी समुह र शुद्धोधन गाउपालिका वडा नं. ६ स्थित दुर्गा किशोरी समुहबीच प्रतिस्पर्धा भएको थियो ।

किशोरीहरुको ब्यक्तिगत तथा सामाजिक जिवन किशोरको तुलनामा कम बिकास भएकाले उनीहरुमा खेलको माध्यमबाट क्षमता अभिबृद्धि गर्ने दलित सामाजिक बिकास केन्द्रका कार्यक्रम संयोजक गोबिन्द धवलले बताए ।

घरबाट बाहिर निस्कने र नयां शिक्षा हासिल गर्न सहयोग मिल्ने प्रतियोगितामा जित हासिल गर्न सफल शिवशक्ति किशोरी समुहकी रज्नु मौर्यले बताइन् ।

शनिबार भएको फाइनल खेलमा शिवशक्ति किशोरी समुह प्रथम, रोज किशोरी समुह द्धितीय र दुर्गा किशोरी समुह तृतीय भएका छन् । उनीहरुलाई मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको केयर नेपालका जिल्ला संयोजक गोबिन्द धवलले जानकारी दिए

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter