बुधबार, २६ बैशाख २०८१

२४ सै घण्टा काम हुने भएपछि “ जितपुर–तौलिहवा सडक एक महिना बन्द”

अजय बर्मा,कपिलबस्तु

१४ जेष्ठ २०७५, सोमबार १५:०६ मा प्रकाशित

 

केयर खबर: जेष्ठ १४ ।

कपिलबस्तुको सदरमुकाम तौलिहवादेखि जितपुर (चार नम्बर) सम्म जोड्ने तौलिहवा–जितपुर सडकखण्ड १ महिनाका लागि बन्द हुने भएको छ । सडक स्रोन्नती गर्दै कालोपत्रे गरिने भएकाले सडक एक महिनाका लागी चौबिसै घण्टा बन्द गरिएको डिभिजन सडक कार्यालय शिवपुर कपिलबस्तुका प्रमुख रमेश प्रसाद पौडेलले बताए । तौलिहवा–जितपुर सडकको जितपुर देखि ओदारीको बिभिन्न खण्डमा कालोपत्रे हुने भएकाले सोमबार (आज) देखि एक महिना सडक खण्ड बन्द हुने उनले जनाए । “यो सडक खण्डमा २४ सै घण्टा यातायात सेवा बन्द हुन्छ,” उनले भने ।

तौलिहवाबाट जितपुर चारनम्बर , बुटवल, पोखरा, काठमाण्डौँको लागि छोटो दुरीको सडकको रुपमा रहेको तौलिहवा–जितपुर सडक ३० दिन बन्द हुने भएपछि यात्रुहरुले अब लामो दुरीको यात्रा गर्नुपर्ने भएको छ । कार्यालयले सो बाटोको सट्टा बैकल्पिक बाटोको रुपमा गोरुसिङगे–तौलिहवा, बुङची–कोपवा–जहदी, पिपरा–प्रगतिनगर–ओदारीको बाटो प्रयोग गर्न यात्रु तथा सवारी धनीहरुलाई आग्रह गरेको छ ।

डिभिजन सडक कार्यालयले सूचना प्रकाशन गर्दै जेष्ठ १४ गतेबाट एक महिनासम्म सडक बन्द गर्ने जानकारी दिएको छ । सदरमुकाम तौलिहवालाई राजमार्गसम्म जोड्ने प्रमुख सडक (तौलिहवा–जीतपुर) को स्तरोन्नतीको कार्य सुरु गरिएको छ ।

एक लेनको उक्त सडक जीर्ण र साँघुरो हुँदा सवारीसाधन आवागमनमा कठिनाई भइरहेपछि सडक डिभिजन कार्यालय कपिलवस्तुले यो सडक खण्डलाई फराकिलो बनाउन थालेको हो । ’जीतपुर–तौलिहवा सडक हुलाकी सडक आयोजना अन्तर्गत निर्माण थालिएको हो,’ डिभिजन प्रमुख पौडेलले भने । गत भदौबाट सर्भे सुरु भई मंसिरबाट निर्माण थालिएको यस सडक २० महिनामा पूरा गर्नेगरी ठेक्का दिइएको थियो । भ्याटबाहेक ३३ करोड बढीमा निर्माता कम्पनी बज्रगुरु दिवा एम.के.जे.भी.ले ठेक्का लिएको छ ।

सदरमुकामलाई राजमार्गसम्म जोड्ने सिङ्गल लेनको २१ किलोमिटर लामो यो सडक पञ्चायतकालमै बनेको थियो । तर कालोपत्रेको काम भने वि.सं. २०४६ बाट सुरु भएर २०६० मा सम्पन्न भएको थियो । हाल सोहि सडकलाई दुईलेन (फराकिलो) बनाउने काम जारी छ ।

राष्ट्रिय योजना आयोगको आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक विकास कार्यक्रम पुस्तिकामा कपिलवस्तुका २ दर्जन सडक प्राथमिकताको सूचीमा परेका थिए

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter