मङ्गलबार, २५ बैशाख २०८१

पश्चिम दाङमा झाडापखालाबाट ३५० बढी बिरामी

१२ जेष्ठ २०७५, शनिबार २०:२२ मा प्रकाशित

तुलसीपुर, दाङ, १२ जेठ (रासस) ः पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ मा पातेटाकुरा गाउँमा झाडापखालाका कारण ३५० बढी बिरामी परेका छन् ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार झाडापखालाका कारण २०० भन्दा बढी बिरामी भएको खबर पाएलगतै आजै दिउँसो औषधिसहित स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको छ । स्वास्थ्यकर्मीको टोलीले स्थानीयस्तरमा नै बिरामीको उपचार गरिरहेको छ ।

झाडापखालाका गम्भीर २३ जना बिरामीलाई थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याइएको छ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले दूषित पानीका कारण झाडापखाला लागेको बताउनुभयो । स्थानीय माइली पानी मुहानको पानी उपभोग गर्दै आएका उनीहरु बिरामी परेका हुन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter