शुक्रबार, १४ बैशाख २०८१

समाचार

हिल्सा नाकाको अध्ययन गरिने

काठमाडौँ, १ जेठ (रासस)  कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको ‘हिल्सा नाका’ को अध्ययन गर्ने भएको छ । हिल्सा हुँदै चीनको मानसरोवर आवतजावत हुने भएको हुँदा त्यस क्षेत्रमा हुने कारोबारलाई व्यवस्थित गर्नका लागि सो अध्ययन गर्न लागिएको छ । आयोगले विज्ञका रुपमा डा हरि रोकालाई छनोट गरिसकेको...बाँकी अंश →


अर्र्गानिक विधिद्वारा खेती गर्नुको विकल्प छैनः कृषिमन्त्री

महोत्तरी, जेठ १ (रासस)  कृषि क्षेत्रलाई प्रबद्र्घन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताउनुभएको छ । सोमबार महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन गर्नुहुँदै कृषिमन्त्री साहले प्रदेश नं २ पूर्णयता कृषिमा आधारित रहेकाले कम समयमा बढी उत्पादन...बाँकी अंश →


अभिभावकको समर्थनमा प्रधानाध्यापकको पुनर्बहाली

काँकडभिट्टा, १ जेठ (रासस) पाँचदिन अघि विद्यालय सञ्चालकद्वारा मनोमानीपूर्वक हटाइएका मेचीनगर–१३ चारआलीस्थित लिटल एन्जेल्स बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेश सेढाई अभिभावकको समर्थनमा पुनर्बहाली हुनुभएको छ । एक हजारभन्दा बढी विद्यार्थी रहेको लिटल एन्जेल्सका सञ्चालकले प्रधानाध्यापक सेढाईलाई गत शुक्रबार हटाएका थिए । तर उनलाई हटाइएकोमा विरोध जनाउँदै सयौँ अभिभावकले सोमबार विद्यालयमा तालाबन्दी...बाँकी अंश →


आगलागीबाट बीसाँै लाखको क्षति

रोल्पा, १ जेठ (रासस) रोल्पाका दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट चार परिवार घरवारविहीन हुन पुगेका छन् । त्रिवेणी गाउँपालिका–४ जुगारमा आइतबार बेलुका भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका छन् । स्थानीय हरि परियारको गोठबाट सल्केको आगोले हरि परियार, रमेश परियार...बाँकी अंश →


भुरुङ तातोपानीमा बाढीबाट रु एक करोडभन्दा बढीको क्षति

म्याग्दी, १ जेठ (रासस)   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आइतबार आएको बाढीले पु¥याएको क्षतिको विवरण संकलन र पीडितलाई राहत दिन शुरु गरिएको छ । किम्लाखर्कको ठाडो खोल्सामा आएको बाढी बस्तीतर्फ पसेपछि चार घरमा पूर्णरुपमा र ११ घरमा आंशिक क्षति हुँदा करीब रु एक करोड बढी क्षति भएको हो । बाढीले...बाँकी अंश →


माटो अभावमा कुमालको पेशा खोसियो

रामपुर, पाल्पा, १ जेठ (रासस) माटोका भाँडा बनाउन आवश्यक पर्ने माटो गाउँमा पाइन छाडेपछि कुमाल समुदायको पेशा नै खोसिन पुगेको छ । पुस्तौँदेखि माटोको भाडा बनाएर जीवन धान्दै आएका पाल्पा रामपुर नगरपालिका–६ मा बसोबास गर्ने कुमाल समुदाय गाउँमा माटो पाइन छाडेपछि पेशा नै खोसिन पुगेकोमा चिन्तित बनेका छन् । दुर्गादेवी...बाँकी अंश →


दरवाङ–ढोरपाटन सडकको अठार किमी ट्रयाक खुल्यो

बाबियाचौर, म्याग्दी, १ जेठ (रासस) ः मध्यपहाडी लोकमार्गको विकल्प मानिएको म्याग्दीको सदरमुकाम बेनीदेखि ढोरपाटन जोड्ने दरवाङ–बिम–ताकम–मुना–लुलाङ–जलजला सडकको १८ किलोमिटर ट्रयाक खुलेको छ । सडक डिभिजन कार्यालय, बागलुङले एक दशकअघि ट्रयाक खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक कालोपत्रेको काम शुरु गरेको छ भने जिल्ला समन्वय समितिले कृषि सडक आयोजनाअन्तर्गत दरवाङदेखि बिम—ताकम...बाँकी अंश →


जाजरकोटबाट खनिज पदार्थ चोरी निकासी तिब्र

जाजरकोट, १ जेठ (रासस) ः जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ । सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको छ । जुनीचाँदे गाउँपालिकाको टालेगाउँ, अछार्नी,...बाँकी अंश →


सौभाग्य प्राप्तिका लागि वरको पूजा

जनकपुरधाम, १ जेठ (रासस)  मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्दैछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजा–आजा गर्ने चलन छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको विश्वासअनुसार यस व्रतको शुरुवात भएको हो । त्यसैले यसलाई वट–सावित्री...बाँकी अंश →


विवाहिताहरु आज वटसावित्री पर्व मनाउँदै

विराटनगर, १ जेठ (रासस) ः मिथिलाञ्चलमा अखण्ड शौभाग्यको कामना गर्दै आज बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन् । यो पर्व मनाउनका लागि महिला बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरिरहेका छन् । परापूर्वकालदेखि जेठको औँसीका दिन यो पर्व मनाउने गरिन्छ ।...बाँकी अंश →


खुला दिसाका कारण प्रत्येक घण्टा एकको मृत्यु हुने

विराटनगर, १ जेठ (रासस) ः घरबाहिर सर्वाङ्गीण नग्न भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएकोे सोमबार यहाँ आयोजित कार्यक्रममा सहभागीले बताएका छन् । जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, मोरङद्वारा यहाँ आयोजित मोरङ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी जनप्रतिनिधिले खुला दिसाका कारण युवती...बाँकी अंश →


ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता तालीम

पोखरा, १ जेठ (रासस) ः नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयको प्रवद्र्धन एवं इलाका प्रहरी कार्यालय, डाँडाको नाक र लेखनाथ होटल व्यवसायी संघको आयोजनामा लेखनाथ क्षेत्रमा ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता विषयक तालीम प्रदान गरिएको छ । पर्यटक सर्वप्रथम ट्याक्सी चालकसँग सम्पर्कमा जाने भएका कारण उनीहरूलाई पर्यटकसँग गरिने व्यवहारलगायतका जानकारी दिने उद्देश्यका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter