शनिबार, २२ बैशाख २०८१

आगलागीबाट बीसाँै लाखको क्षति

१ जेष्ठ २०७५, मंगलवार १०:४९ मा प्रकाशित

रोल्पा, १ जेठ (रासस) रोल्पाका दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट चार परिवार घरवारविहीन हुन पुगेका छन् ।

त्रिवेणी गाउँपालिका–४ जुगारमा आइतबार बेलुका भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका छन् । स्थानीय हरि परियारको गोठबाट सल्केको आगोले हरि परियार, रमेश परियार र नन्दबहादुर पुनको घर जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

सो आगलागीबाट रु १० लाख बढीको क्षति भएको बताइएको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएकाले थप क्षति हुन नपाएको प्रहरीले बताएको छ ।

उता रोल्पा नगरपालिका–७ माडीचौरमा समेत एक घर आगलागी हुँदा रु १० लाख बढीको क्षति भएको थियो । स्थानीय वर्मता पुनको कच्ची घरमा भएको आगलागीबाट अन्न, लत्ताकपडा, काठपातसमेतको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएकाले थप क्षति हुन नपाएको बताइएको छ ।

फुसले छाएका घरको संख्या अधिक रहेकाले रोल्पामा हरेक वर्ष आगलागीका घटना हुँदै घरबारविहिन हुने क्रम बढेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter