बिहिबार, १५ चैत २०८०

समाचार

चार ठाउँमा आगलागी हुँदा रु सातलाख क्षति

कञ्चनपुर, १ जेठ (रासस) ः हावाहुरीका कारण कञ्चनपुरका छुट्टाछुट्टै चार ठाउँमा विद्युत् शर्ट भई आगलागी हुँदा झण्डै रु सात लाख भन्दा बढी मूल्यका घरपालुवा जनावर र कुखुरा जलेर मरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार पुनर्वास नगरपालीका बलभद्रबस्तीका शुक्र तामाङको गोठमा आइतबार आगलागी हुँदा...बाँकी अंश →


सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

काठमाडौँ, ३१ वैशाख (रासस) ः सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सो दिन अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार...बाँकी अंश →


करातेः नेपाल टिम च्याम्पियन

काठमाडौँ, ३१ वैशाख (रासस) ः नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि आज हात पारेको छ । नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगितामा नेपालले १४ स्वर्ण, १७ रजत र ३७ कास्य जित्दै टिम च्याम्पियनसमेत बन्यो । दोस्रो भएको भारतले ११–११ स्वर्ण, रजत र कास्य हात पा¥यो । तेस्रो स्थानमा...बाँकी अंश →


आधुनिक युगमा रेशम मार्गको महत्व’

काठमाडौँ, ३१ वैशाख (रासस) ः यहाँस्थित पाकिस्तानी राजदूतावास र पाकिस्तान अध्ययन केन्द्रद्वारा आज राजधानीमा ‘आधुनिक युगमा प्राचीन रेशम मार्गको सामयिकता’ विषयको कार्यशालामा चीनको ‘एक क्षेत्र, एक मार्ग (ओबिओआर) परियोजनाबाट नेपाललाई लाभ पुग्ने बताइएको छ । कार्यशालाको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल सरकारले गत वर्ष ओबिओआरअन्तर्गत भौतिक पूर्वाधार...बाँकी अंश →


सरकारमाथि भरोसा गर्न सङ्केत देखिएको छैन्ः नेता निधि

जनकपुरधाम, ३१ वैशाख (रासस) ः नेपाली काँगे्रसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारमा आन्तरिक धमिरा लाग्न शुरू भइसकेको बताउनुभएको छ । काँगे्रस धनुषाको १३ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सरकारमाथि भरोसा गर्न सक्ने सङ्केत देखिएको छैन् । ” उपसभापति निधिले सरकारको क्रियाकलापले संघीय संरचना र संविधानमाथि खतरा उत्पन्न...बाँकी अंश →


धरहरा पुनःनिर्माणको शिलान्यास असारमा

काठमाडौँ, ३१ वैशाख (रासस)ः भूकम्पले क्षतिग्रस्त धरहराको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नै गर्ने भएको छ । धरहरा पुनःनिर्माणको शिलान्यास असारमै गर्ने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ । धरहरा पुनःनिर्माणका लागि प्राधिकरणले आजको गोरखापत्र दैनिकमा टेण्डर आह्वानसमेत गरेको छ । धरहरा पुनःनिर्माणका लागि करीब रु चार अर्ब लाग्ने लागत अनुमान...बाँकी अंश →


खुशीसहितको सुखी नेपालीतर्फ बजेट केन्द्रित हुने

काठमाडौँ, ३१ वैशाख (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले खुशीसहितको सुखी नेपालीतर्फ आगामी बजेट केन्द्रित हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५÷०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले अबको प्राथमिकता संविधानको मर्मअनुसार समावेशी र समृद्ध नेपाल...बाँकी अंश →


आज एकैपटक ४० आरोही सगरमाथाको शिखरमा

काठमाडौँ, ३१ वैशाख (रासस) ः आज एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यस वर्षको आरोहण शुरु भएको आज दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् । सगरमाथा आधार शिविरमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी...बाँकी अंश →


राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

काठमाडौँ, ३१ वैशाख (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायपरिषद् तथा न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष कामु प्रधानन्यायायीश जोशीले आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा १३८...बाँकी अंश →


मालपोत र नापीको अनियमितता तत्काल रोकिनुपर्छः कृषि मन्त्री

काठमाडौँ, ३१ वैशाख (रासस) ः कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले आम नेपाली नागरिकलाई प्रत्यक्ष राहत अनभूत हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्री खनालले आज १९ बुँदे निर्देशन दिनुहुँदै नयाँ सरकारको मर्म र भावनालाई ख्याल गर्दै सेवाग्राहीको समस्या समाधान गर्न तथा ‘समृद्ध...बाँकी अंश →


انسانی حقوق کی تنظیموں کی مذمت

انسانی حقوق کی تنظیموں نے غزہ سرحد پر اسرائیل فوج کی جانب سے مظاہرین طاقت کے استعمال کی مذمت کی ہے۔ ایمنیسٹی انٹرنیشنل نے اسے ’بین الاقوامی قوانین کی گھناؤنی خلاف ورزی‘ قرار دیا ہے۔ غزہ میں اسرائیلی سرحد کے قریب چھ ہفتوں سے مظاہرے جاری ہیں لیکن امریکہ کا...बाँकी अंश →


मुद्दा दायर

काठमाडौँ, ३१ वैशाख (रासस)  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग नेपालगञ्जमा कार्यरत फार्मेसी अधिकृत तपेन्द्र भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार स्वास्थ्य क्लिनिक सञ्चालन एवं मेडिकल स्टोर दर्ता प्रक्रिया सहज बनाइदिने बहानामा सेवाग्राहीसँग रु ५० हजार घुस लिएको अभियोग लागेको छ । आरोपी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter