आइतबार, २३ बैशाख २०८१

हिल्सा नाकाको अध्ययन गरिने

१ जेष्ठ २०७५, मंगलवार ११:२१ मा प्रकाशित

काठमाडौँ, १ जेठ (रासस)  कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको ‘हिल्सा नाका’ को अध्ययन गर्ने भएको छ ।

हिल्सा हुँदै चीनको मानसरोवर आवतजावत हुने भएको हुँदा त्यस क्षेत्रमा हुने कारोबारलाई व्यवस्थित गर्नका लागि सो अध्ययन गर्न लागिएको छ । आयोगले विज्ञका रुपमा डा हरि रोकालाई छनोट गरिसकेको छ ।

उक्त स्थानमा पाइने प्राकृतिक सौन्दर्य, स्थानीय सम्पदा क्षेत्रलगायतको संरक्षण गरी पर्यटकीयस्थलका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

कर्णाली करिडोरका रुपमा कालीकोटको मान्मा—सिमीकोट— हिल्सा सडकखण्ड विकास हुन लागेका कारण त्यस क्षेत्रमा भन्सारको व्यवस्था गरी राजस्व विस्तार गर्ने अध्ययनको प्रयोजन छ । त्यहाँ हुने चोरी निकासीलाई न्यूनीकरण गर्न पनि नाका क्षेत्रका विभिन्न स्थानमा भन्सारको व्यवस्था गर्न सोही अध्ययनमार्फत सुझाव दिइनेछ ।

करीब रु सात लाखको लागतमा सम्पन्न गरिने उक्त अध्ययन चालू आर्थिक वर्षभित्रै पूरा हुने आयोगका सूचना अधिकारी मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter