बिहिबार, २० बैशाख २०८१

प्रदेश १

आलेख ः सङ्र्घषले जन्मिएका उद्यमी महिला

इलाम, १ असोज  इलाम, १ असोज (रासस) ः इलाम नगरपालिका–७ की उषा निरौलालाई बिहान उठ्ने बित्तिकै आफ्नो उद्योगमा काम गर्न हतारो हुन्छ । घरमै भएको उद्योगमा समय मिलाएर काम गरे पनि अरु काम गर्न उनलाई धौ धौ पर्ने गर्छ । उनी इलामकी एक मात्र अदुवा उद्यमी हुन् । उनी अदुवाबाटै...बाँकी अंश →


संविधानलाई सबैले अपनत्व गर्नुपर्छ ः मन्त्री कार्की

विराटनगर, १ असोज  प्रदेश नं. १, संविधान दिवस २०७६ प्रचार उपसमितिका संयोजक एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले संविधान दिवस–२०७६ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी भइसकेको जानकारी दिनुभयो । उपसमितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले समावेशिताका आधारमा बनेको यो संविधानले सबै नेपाली जनताका विचारको प्रतिनिधित्व गरेको छ...बाँकी अंश →


सयपत्री फूलको व्यावसायिक खेती

दमक, १ असोज    झापाका महिलाहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएकी छिन् । फूलको बजार दिनानुदिन विस्तार भइरहेको तथा नेपाली बजारमा भारतीय फूलको आयातलाई विस्थापित गर्न जिल्लाका महिला उद्यमीले व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएकी हुन् । गतवर्ष देखि नै व्यावसायिक खेती गर्दै आएकी विर्तामोड तथा दमक क्षेत्रका महिलाले यसवर्ष...बाँकी अंश →


विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ

भरतपुर, १ असोज  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताउनुभएको छ । आज भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सहजरुपमा लिनुपर्ने बताउनुभयो । “कसैले गर्ने विरोधलाई हामीले अन्यथा लिनु हुँदैन, नेता श्रेष्ठले भन्नुभयो”, “यसलाई...बाँकी अंश →


चालू आवको डेढ महीनामा १७ सहित तीन वर्षमा १५१ ले गरे आत्महत्या

ओखलढुङ्गा, १ असोज  ओखलढुुङ्गामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढेको छ । विगतको तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्ने सङ्ख्या बढेको हो । चालू आर्थिक वर्ष २०७६÷०७७ को दुई महीनाको अवधिमा १७ जनाले आत्महत्या गरेका छन् । साउन र भदौ अन्तिम सातासम्ममा आत्महत्या गर्ने १३ वर्षीय बालकदेखि ६२ वर्षसम्मका वृद्ध छन्...बाँकी अंश →


समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूर्तिमा सघाउन वैज्ञानिकहरुलाई आग्रह गर्नुभएको छ । सातौ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज यहाँ आयोजित मूल कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा राजनीतिक उपलब्धि हासिल र स्थिर सरकार गठन भइसकेकाले शान्तिपूर्ण ढङ्गले सुशासनका...बाँकी अंश →


‘काबेली बी वान’ को २५ मेगावाट दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी

ताप्लेजुङ, १ असोज  काबेली बी वान जलविद्युत् आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत् दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भएको छ । आयोजनाको निर्माण पूरा भएसँगै परीक्षण उत्पादन शुरु गरिएको छ । दशैँअगावै काबेली करिडोरमार्फत केन्द्रीय प्रशारण लाइनमा जोड्न आवश्यक तयारी भइरहेको आयोजना निर्माण कम्पनी अरुण काबेली पावर लिमिटेडका निर्देशक रमेश...बाँकी अंश →


सोलुखुम्बु–काठमाडाँै सडक अवरुद्ध

सोलुखुम्बु, १ असोज    निरन्तरको वर्षापछि आएको पहिरोले सोलुखुम्बु–काठमाडौँ सडकखण्ड अवरुद्ध बनेको छ । सोलुखुम्बु–काठमाडौँ सडकखण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो । प्रजिअ खनालका अनुसार सदरमुकाम नजिकै सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लास्थित साल्मे सिस्नेरी सडकखण्डमा पहिरो खसेको छ । सडकमा पहिरो जाँदा...बाँकी अंश →


संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै

काठमाडौँ, १ असोज  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर सारङ्गीको आर्केष्टा ‘सारङ्गीमा देश’ प्रस्तुत गर्ने भएको छ । कलाकार समूहले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मौलिक नेपाली लोकधुनहरूको विशेष प्रस्तुति गर्नेछ । मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका निमित्त नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भसमेत जोडेर...बाँकी अंश →


वर्षाका कारण घर भत्कियो

भोजपुर, १ असोज  अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ भने ग्रामीण भेगमा यातयात आवतजावतमा समस्या भएको छ । बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो । यसैबीच वर्षाकै कारण जिल्लाको आमचोक गाउँपालिका–४ मा एउटा घर भत्किएको छ । स्थानीय तिलकबहादुर कार्कीको दुईतले घर भत्किएको...बाँकी अंश →


पर्यटकीयस्थल तिम्बुपोखरी जाने मौसम शुरु

मिक्लाजुङ, १ असोज  पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने पर्यटकीयस्थलका रुपमा परिचित तिम्बुपोखरी जाने मौसम शुरु भएको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूल फुल्ने समयमा तिम्बुपोखरी जान उचित समय मानिन्छ । वर्षेनी कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको सङ्ख्या उल्लेख्य हुन्छ । हिमाली क्षेत्रमा पर्ने तिम्बुपोखरी आफैँमा...बाँकी अंश →


सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता

सङ्खुवासभा, १ असोज  जिल्लाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन् । दुर्घटनामा एकै परिवारका तीन रहेका छन् । धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को१ज ३७४९ नंको जिप अरुण नदीमा खसेको हो । जिप राति १०ः३० बजे...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter