शनिबार, ०८ बैशाख २०८१

प्रदेश १

वर्षमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन

मिक्लाजुङ, १३ असोज  जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । गत आव ०७५÷७६ को अवधिमा उक्त रकम राजश्व सङ्कलन गरिएको कार्यालय प्रमुख जनक तिम्सिनाले जानकारी दिनुभयो । ट्रक, बस, ट्र्याक्टर, जीप कार, मोटरसाइकललगायत तीन हजार पाँच वटा सवारीलाई कारवाही...बाँकी अंश →


वर्तमान संविधान जनताले निर्माण गरेको ः पूर्वसभामुख नेम्वाङ

इलाम, १३ असोज  पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताउनुभएको छ । उहाँले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताउनुभयो । आज यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन...बाँकी अंश →


झरीले खुम्च्यायो रहर

फिक्कल, १३ असोज    “न ठूलै पर्न सक्छ, न रोकिन्छ यो झरीले गर्नु नै ग¥यो”, इलाम नगरपालिका –६ कि चित्रादेवी पोखरेल पर्दै गरेको पानी नियाँल्दै थप्नुहुन्छ, “दशैँ पनि पूरै हिलाम्ये हुने भयो ।” वृद्धा चित्रादेवीलाई मात्र हैन बाहिर हिँड्डुल गर्ने र बाहिरको काम गर्ने जो कोहीलाई दशैँ सँगैको झरीले राम्रो...बाँकी अंश →


चार हजार पाँच सय किमी सडक निर्माण हुने : मन्त्री पण्डित

विराटनगर, १३ असोज  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयअन्तर्गत नगर र गाउँपालिका केन्द्र जोडिने चार हजार पाँच सय किमी सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको बताउनुभएको छ । विराटनगर बसपार्क व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा प्रहरी बिट र नागरिक सहायक...बाँकी अंश →


अवरुद्ध सडकले मध्यपहाडी क्षेत्रको जनजीवन कष्टकर

गाईघाट, १३ असोज  चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, मुर्कुची, पुवाँरे, माझखर्क, लिम्चुङबुङ गाउँपालिका क्षेत्र जोड्ने सडक भत्केर अवरुद्ध बन्न थालेपछि दशैँ नजिक आउँदै गर्दा यसक्षेत्रको जनजीवन कष्टकर बन्न पुगेको छ । बिहीबारदेखि निरन्तर वर्षा भएपछि जिल्लाको मध्यपहाडी क्षेत्रको मुर्कुची, लिम्चुङबुङ माझखर्क जोड्ने सडक अवरुद्ध...बाँकी अंश →


अत्याधुनिक पशु बधशाला निर्माण हुने

विराटनगर, १३ असोज  विराटनगर महानगरपालिकामा अत्याधुनिक पशु बधशाला निर्माण हुने भएको छ । निजीस्तरमा सञ्चालित पशु बधशालाबाट उपभोक्ताले अस्वस्थकर मासु खरीद गर्नुपर्ने कारणले नगरवासीको आवश्यकताले य बधशाला निर्माण गर्न लागिएको बताइएको छ । विराटनगर महानगरपालिका–८ स्थित एक बिघा आठ कट्ठा जग्गामा २०६६ सालमा बधशालाको निर्माण शुरु भएपनि निर्माण पूरा हुन...बाँकी अंश →


बेपत्ता दुई बालिकामध्ये एकको शव फेला

गलेश्वर, १३ असोज    असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ । शनिबार राति १०ः३० बजे भीषण वर्षापछि खोलामा आएको बाढीले १० वर्षकी प्रवीना परियार र...बाँकी अंश →


स्वास्थ्यचौकीको भवन समयमै सम्पन्न

सङ्खुवासभा, १३ असोज    जिल्लाका आधा दर्जन निर्माण कम्पनी सम्झौताअनुसार समयमा काम सम्पन्न नगरेको भन्दै कारवाहीमा परिरहेको बेला एक निर्माण व्यवसायी कम्पनीले भने निर्माण सम्पन्न गर्नुपर्ने समयभन्दा चार महीनाअघि नै काम सकाएर चर्चामा आएका छन्  । समयमै निर्माण सम्पन्न नगरेर धरौटी जफत तथा जरिवाना भइरहेको अवस्थामा कुन्सालिङरअरुण–बरुण जेभीले सम्झौता सकिने...बाँकी अंश →


ताम्राकारको ‘अनाम परिधि’ विमोचित

विराटनगर, १२ असोज  कथाकार रीता ताम्राकारको चौथो कथाकृति ‘अनाम परिधि’ आज इटहरीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । साहित्य सञ्चार प्रतिष्ठान इटहरीद्वारा आयोजित कार्यक्रममा कवयित्री कुन्ता शर्मा, प्राज्ञ विवश पोखरेल, कवि मनु मञ्जिल, बद्री भिखारी लगायतले ‘अनाम परिधि’ कथासङ्ग्रहको विमोचन गर्नुभएको थियो । विमोचित कथासङ्ग्रहका बारेमा समालोचक डा रामजी तिम्सिनाले...बाँकी अंश →


सानो पाथिभरामा प्रसादको भण्डारा लगाइने

भद्रपुर, १२ असोज  सानो पाथिभरादेवीको नामले प्रसिद्ध इलामको कुटीडाँडास्थित पाथिभरा मन्दिरमा आउँदो बडादशैँको फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको छ । झापाको विर्तामोडका व्यवसायीको आयोजनामा यही असोज १८ गते फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको हो । यस वर्ष आयोजना गर्न लागिएको भण्डारा दशौँ पटकको हुने पाथिभरा भण्डारा समितिका सदस्य...बाँकी अंश →


घुम्ती शिविरबाट १५० बढी सेवाग्राही लाभान्वित

मिक्लाजुङ, १२ असोज  व्यवसायीलाई घरदैलोमै सेवा पु¥याउने उद्देश्यले पाँचथरको हिलिहाङ गाउँपालिकाको बजार क्षेत्रमा घुम्ती शिविर सञ्चालन गरिएको छ । उद्योग वाणिज्य सङ्घ पाँचथरको पहलमा शनिबार सञ्चालित घुम्ती शिविरमा १५० सेवाग्राहीले सेवा लिएका थिए । व्यावसायिक फार्म नवीकरण, कर सङ्कलन, करदाता शिक्षासम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरिएको उद्योग वाणिज्य सङ्घ पाँचथरका...बाँकी अंश →


उद्योग वाणिज्य सङ्घ इनरुवाको अध्यक्षमा साह विजयी

इनरुवा १२ असोज  उद्योग वाणिज्य सङ्घ इनरुवाको शनिबार राति सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी हुनु भएको छ । पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी हुनु भएको हो । त्यसैगरी उपाध्यक्षमा समावेसी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्रकुमार साह, कोषाध्यक्षमा रमेश...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter