बिहिबार, २० बैशाख २०८१

प्रदेश १

लागुऔषधका ५५४ कारोवारी पक्राउ

भद्रपुर, १ असोज    विगत तीन वर्षमा झापामा लागुऔषधको ओसारपसारविरुद्ध प्रहरी कारवाहीमा ५५४ पक्राउ परेका छन् । भारतसँगको खुला सीमा र लागुपदार्थ प्रयोगकर्ताको फैलँदो सङ्ख्याका कारण यसको नियन्त्रण झापामा चुनौतीपूर्ण बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आव २०७३÷७४ मा १६५, आव २०७४÷७५ मा १८९ र आव २०७५÷७६ मा...बाँकी अंश →


अदुवाको मूल्य अहिलेसम्मकै उच्च

खोटाङ, १ असोज    कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा...बाँकी अंश →


प्रमुख र सेक्रेटरीलाई पाँच मुद्दा

भद्रपुर, १ असोज  झापाका विभिन्न स्थानमा बम विष्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज प्रमुख र सेक्रेटरीसहित पाँच जनालाई पाँच कसुरमा मुद्दा चलाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ परेका पाँचै जनालाई राज्यविरुद्धको कसुर, हातहतियार खरखजाना, सङ्गठित अपराध, विस्फोटक पदार्थ र...बाँकी अंश →


व्यक्तिगत लगानीमा दुई पुल निर्माण

ओखलढुङ्गा, ३१ भदौ    ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गर्नुभएको छ । पर्यटन व्यवसायीसमेत रहनुभएका शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा खिजीदेम्बा गाउँपालिका– ५ र ६ वडा जोड्ने चुप्लु खोलामा र ९ नम्बर वडा जोड्ने चुप्लु खोलाकै अर्को ठाउँमा दुईवटा पुल निर्माण...बाँकी अंश →


इलामको चियाः न लाग्छ शनिबार, न छुन्छ सार्वजनिक बिदाले

इलाम, ३१ भदौ    राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत हुनुहुन्छ । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् । पिठ्यूँमा...बाँकी अंश →


प्रतिकूल मौसमले खुम्बु आउने पर्यटक अन्नपूर्णतर्फ

सोलुखुम्बु, ३१ भदौ    खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा खुम्बु आउने अधिकांश पर्यटक गन्तव्य परिवर्तन (ड्राइभर्ट) हुने सम्भावना बढेको छ । काठमाडाँैबाट लुक्ला उडानकोे पर्खाइमा बसेका पर्यटक हवाईसेवा प्रभावित हुने बित्तिकै अन्नपूर्ण पदमार्गतर्फ जाने पर्यटन व्यवसायीले बताएका छन् । सगरमाथा क्षेत्रको भ्रमण तालिका बनाएर आएका उनीहरुले खुम्बुको विकल्पका रुपमा अन्नपूर्ण...बाँकी अंश →


दिक्तेल–चखेवा सडकमा डेढ करोड क्षति

खोटाङ, ३१ भदौ    यस वर्षको बाढीपहिराका कारण कालोपत्र थालिएको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा ठूलो क्षति पुगेको छ । गत जेठदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त सडकको दिक्तेल–च्यानडाँडा खण्डमा निर्माण गरिएको टेवा पर्खाल, पुलको जीप तथा भित्ता भत्किएको छ । बाढीपहिराका कारण कालोपत्र...बाँकी अंश →


धान किसानलाई राहत

भद्रपुर, ३१ भदौ  झापामा तीन दिनयता परेको पानीका कारण धानखेती गर्ने किसानमा खुशी छाएको छ । किसानले लगाएको धानखेतीमा सुक्खा लागेर फौजी कीराको समेत प्रकोप बढिरहेका बेला भएको वर्षाले धानखेतीलाई अमृतको काम गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताउनुभयो । उहाँका अनुसार झापामा यस वर्ष ८८ हजार हेक्टर क्षेत्रफलमा...बाँकी अंश →


लागुऔषधविरुद्ध विद्यार्थीलाई पढाउँदै प्रहरी

फिक्कल, ३० भदौ  इलाम जिल्ला प्रहरी कार्यालयले माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई आगुऔषधविरुद्ध जनचेतनामूलक अभियान शुरु गरेको छ । उक्त अभियानअन्तर्गत ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीलाई लागुऔषध र यसले गर्ने असरबारे जानकारी गराइएको थियो । सो अभियानअन्तर्गत आज इलाम माविका विद्यार्थीलाई कक्षाकोठामै पुगेर लागुऔषधको असरबारे जानकारी गराइएको गराइएको प्रहरी प्रमुख हीराबहादुर पाण्डेले...बाँकी अंश →


विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षा ः मुख्यमन्त्री राई

विराटनगर, ३० भदौ  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उहाँले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो...बाँकी अंश →


विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश

फिक्कल, ३० भदौ  नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नु भएको छ । उहाँले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गर्नुभएको छ । उहाँलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो...बाँकी अंश →


संस्कृति संरक्षण गर्न रोपाइँ जात्रा

मिक्लाजुङ, ३० भदौ  रोपाइँ गर्दा बेठी लगाउने प्रचलन हराउँदै गएको हुँदा संस्कृति संरक्षणको निम्ति भन्दै आइतबार पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा रोपाइँ जात्रा देखाइएको छ । धान रोपाइँ गर्दा पहिल्यै गाउँघरमा बेठी लगाउने प्रचलन रहेको तर अहिले उक्त प्रचलन हराउँदै गएको हुँदा रोपाइँ जात्रा देखाइएको वडाध्यक्ष गोपाल गुरुङले बताउनुभयो । रानीटार...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter