शुक्रबार, ०४ जेठ २०८१

विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ

१ आश्विन २०७६, बुधबार १४:०३ मा प्रकाशित

भरतपुर, १ असोज  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताउनुभएको छ । आज भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सहजरुपमा लिनुपर्ने बताउनुभयो । “कसैले गर्ने विरोधलाई हामीले अन्यथा लिनु हुँदैन, नेता श्रेष्ठले भन्नुभयो”, “यसलाई स्वभाविक रुपमा नै लिनुपर्छ ।” उहाँले विरोधका नाममा अराजक गतिविधि गर्नेलाई छाड्न नहुने बताउनुभयो । “कतिपय कुरा ठीक हुन्छन्, कतिपय कुरा बेठीक हुन्छन्, उहाँले भन्नुभयो”, “हामीले ध्यान दिनुपर्ने कुरा ठीकै रहेछ भनेर लिने र बेठीक कुराहरु यो बेठीक हो भनेर जनतामा जानुपर्छ ।” नेता श्रेष्ठले सरकारको कामको गति पहिलेभन्दा झन बढ्ने चरणमा रहेको बताउँदै पार्टीका तर्फबाट पनि सरकारको काम कारवाहीलाई निगरानी गरिएको जानकारी दिनुभयो । एकताले पूर्णता पाएको भन्दै उहाँले पार्टीका गतिविधि अब चलायमान हुने दाबी गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter