शुक्रबार, ०४ जेठ २०८१

प्रदेश १

स्काभेटरले किचेर एकको मृत्यु

खाँदबारी, २८ भदौ  सङ्खुवासभाको खाँदबारीमा स्काइभेटरले किचेर सख्त घाइते हुनुभएका खाँदबारी–८ का ८५ वर्षीय शहरबहादुर राईको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार घाइते राईको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । तुम्लिङटार–चेवाबेँशी सडकखण्डमा काम गर्दै गरेको स्काभेटरले शनिवार ती वृद्धलाई...बाँकी अंश →


राजनीतिक स्थिरताबिना देश निर्माण हुन नसक्ने ः मुख्यमन्त्री राई

विराटनगर, २९ भदौ  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा र राजनीतिक स्थिरताबिना देश निर्माण हुन नसक्ने बताउनुभएको छ । नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजिक प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री...बाँकी अंश →


विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न ः मन्त्री धिमिरे

इटहरी, २९ भदौ  कैलालीको गोदावरी नगरपालिका–२ मा लायन्स क्लब अफ अत्तरिया सिटी, नेपाल नेत्र ज्योति सङ्घ र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा शनिबार आँखा शिविर सम्पन्न भएको छ । निःशुल्क आँखा शिविरबाट ५७६ ले सेवा लिएका छन् । गोदावरी नगरपालिकाका विभिन्न वडाबाट आएका ५७६ वृद्धवृद्धाले सेवा लिएका हुन् । ती...बाँकी अंश →


गाउँपालिकाद्वारा शैक्षिक सुधारका लागि ९७ बुँदे कार्ययोजना तयार

भोजपुर, २९ भदौ  भोजपुरको हतुवागढी गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सरोकारवाला पक्षसँग बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले गत २३ गतेबाट शनिबारसम्ममा शिक्षक, अभिभावक, विद्यार्थी, राजनीतिक दल, सङ्घसंस्था, शिक्षाप्रेमी, समाजसेवी, सञ्चारकर्मीलगायतसँग शिक्षाको विकासका लागि के–के गर्न सकिन्छ भन्ने विषयमा बृहत् छलफल गरेको हो । ‘हामी...बाँकी अंश →


डेंगु नियन्त्रण गर्न महानगरपालिकाको प्रयास शुरु

विराटनगर, २९ भदौ  डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । शुक्रबार शिक्षादीपमा अध्ययनरत विद्यार्थीको डेंगुबाट मृत्यु भएपछि विराटनगर महानगरपालिकाले यो कार्र्यक्रम ल्याएको हो । शनिबारबाट विद्यालय र सरकारी कार्यालयमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । महानगरपालिका...बाँकी अंश →


स्वास्थ्यचौकी भवनमा पानी जमेपछि सेवा प्रवाहमा समस्या

खोटाङ, २९ भदौ  स्थ्यचौकी भवन जीर्ण भएर भुँइमा पानी जमेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भएको छ । करीब २७ वर्षअघि निर्माण गरिएको भवन जीर्ण हुँदा वर्षात्को पानी छानाबाट चुहिने र भित्तातर्फको पर्खालबाट निस्कने पानी भुँइमा जमेर हिलाम्मे भएपछि सेवा प्रवाहमा समस्या भएको हो ।...बाँकी अंश →


डेङ्गु नियन्त्रणका लागि भारतको विधि नेपालमा चलाउन माग

विराटनगर, २७ भदौ  लामुखुटेृको टोकाइबाट डेङ्गुको महामारी फैलिन थालेपछि भारतमा अपनाएको विधि नेपालमा पनि शुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ । तीन वर्ष पहिले भारतको राजधानी दिल्लीमा १७ हजार ५०० मानिस डेङ्गुबाट प्रभावित भएपछि त्यहाँको सरकारले डेङ्गु नियन्त्रण गर्न थालेको अभियानले मूर्त रुप लिएकाले अहिले निकै जनघनत्व रहेको भारतको राजधानी...बाँकी अंश →


एक्काइस महीनापछि पुल सञ्चालन तर कामदारले पाएन ज्याला

खोटाङ, २७ भदौ  खोटाङको साकेला गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलामा पुल निर्माण भएपछि आवतजावत सहज भएको छ । दिक्तेल–खोटाङबजार सडकखण्डअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडकको साप्सुखोलाको ३० मिटर लामो पुल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन्...बाँकी अंश →


‘जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध राम्रो हुनुपर्छ’ : पूर्वप्रधानमन्त्री खनाल

इलाम, २६ भदौ  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने बताउनुभएको छ । इलामको सूर्योदय नरपालिकास्थित फिक्कलमा बिहीबार नेकपाको कार्यक्रममा उहाँले स्थानीयस्तरमा विकासको लहर चलेकोसमेत उल्लेख गर्नुभयो । उहाँले ५६ वर्ष लगाएर क्रान्ति सम्पन्न गर्दै उपलब्धिसहित...बाँकी अंश →


बलात्कार प्रयास गर्ने दुई पक्राउ

मोरङ, २६ भदौ    बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बसमा यात्रा गरिरहेको समयमा गत भदौ २२ गते किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका– ४ का १९ वर्षीय सन्तोष...बाँकी अंश →


आधुनिकतासँगै कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा

खोटाङ, २६ भदौ  कुमाल समुदायको पुख्र्यौली पेशा (माटोको भाँडा बनाउने) सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय हाटबजारमा आधुनिक प्रविधिका भाँडाहरु सुपत मूल्यमा प्रशस्त पाउन थालेसँगै कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा परेकोे हो । जिल्लाको एक मात्र ठाउँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा बन्ने माटोको भाँडाहरु पहिलेको तुलनामा कम बिक्री...बाँकी अंश →


दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिकः एक हजार घरधुरी प्रभावित हुने

सोलुखुम्बु, २६ भदौ    खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट एक हजार १५० घरधुरी प्रभावित हुने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले सोलुखुम्बुको सल्लेरीमा सार्वजनिक गरिएको सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) मा सो आयोजनाबाट सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गाका गरी एक हजार १५०...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter