आइतबार, २३ बैशाख २०८१

समाचार

न्यायिक समितिमा उजुरी बढे

भीमदत्तनगर, ११ जेठ (रासस)  स्थानीय तहमा उपप्रमुख एवं उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिमा उजुरी दिनेको संख्यामा वृद्धि हुँदै गइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको झण्डै वर्ष दिन हुन लाग्दा कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिका गरी नौवटै स्थानीय तहमा घरेलु हिंसा, सामान्य झगडा, जग्गा विवादलगायतका उजुरी आउने क्रम बढेको...बाँकी अंश →


सडक स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने

मनाङ, ११ जेठ (रासस)  बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ । एक सय ४० मेगावाटको क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना चिनीयाँ कम्पनीले लिएपछि सडक स्तरोन्नतिको काम पनि आफैले गर्ने भएको हो । आयोजनाको ठूल्ठूला सवारी साधन चलाउनुपर्ने तथा सडक साँघुरो भएका कारण चिनीयाँ कम्पनी आफैले सडक...बाँकी अंश →


काँग्रेसले युवामैत्री कार्यक्रम सञ्चालन गर्नुपर्छ

काठमाडौँ, ११ जेठ (रासस)  विधान परिमार्जन गरेर युवामैत्री कार्यक्रम सञ्चालन गरेमात्र काँग्रेसले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्ने बताइएको छ । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति ः काँग्रेसको अबको गन्तव्य’ विषयक कार्यक्रममा वक्ताले काँग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको बताए...बाँकी अंश →


ग्यास, विद्युत् र मल अब एउटै बायोग्यास प्लान्टबाट

नवलपरासी, ११ जेठ (रासस)  धरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट जडान गरी खाना पकाउने ग्यास, विद्युत् र जैविक मल उत्पादनमा पनि नेपालले सफलता पाउन थालेको छ । वर्षअघिदेखि आफ्नै मोडेल जिजिसी मोडेललाई विश्वका २१ भन्दा बढी देशमा प्रवद्र्धन...बाँकी अंश →


सरकारको उपस्थिति समयमै हुनुपर्छः सभामुख महरा

काठमाडौँ, ११ जेठ (रासस)  सभामुख कृष्णबहादुर महराले संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको उपस्थितिका बारेमा सदनको ध्यानाकर्षण गराउनुभयो । सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा उहाँले केही पत्रपत्रिकाले नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थितिका विषयमा कुरा उठाएका हुँदा यसतर्फ सांसदको ध्यानाकर्षण गराउनुभएको हो । सभामुख महराले संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा...बाँकी अंश →


विद्युत्भार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध

त्रिपुराकोट, डोल्पा ११ जेठ (रासस)  विद्युत्भार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ । विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित हुन नसक्दा मोबाइल सेवा प्रभावित भएका हुन् । जुफालस्थित मोबाइल टावर सञ्चालनका लागि राखिएको सोलार ब्याट्रिले काम नगरेपछि विद्युत् आएकोे दिनमात्र टावर...बाँकी अंश →


गैरसरकारी संस्थालाई नियन्त्रण नभई नियमन गर्नुपर्ने

काठमाडौँ, ११ जेठ (रासस)  सरकारले गैरसरकारी संस्थालाई नियन्त्रण नभई कडाइका साथ नियमन गर्नुपर्ने सहभागीले बताउनुभएको छ । आज असल शासन फाउण्डेशनले यहाँ ‘नेपालमा गैरसरकारी संस्थासम्बन्धी कानूनी संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले संस्थाले विकासका क्षेत्रमा काम गरेको उल्लेख गर्दै नियन्त्रणको सट्टा नियमन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर...बाँकी अंश →


नीति तथा कार्यक्रम फूलको आँखामा फूलै संसार..

काठमाडौँ, ११ जेठ (रासस)  फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार ...। नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले माथिका चर्चित गीतका हरफसित सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै यो उत्कृष्ट रहेको धारणा व्यक्त गर्नुभयो । संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा आज उहाँले भन्नुभयो,...बाँकी अंश →


विपन्न विद्यार्थीलाई विद्यालय पोशाक र झोला

तेह्रथुम, ११ जेठ (रासस) तेह्रथुमको आठराई गाउँपालिकाका ६० जना विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्री र झोलालगायत सामग्री वितरण गरेको छ । समुदायमा रहेका गरीब र जेहेन्दार विद्यार्थीको पहिचान गरी नियमितरुपमा विद्यालय जाने वातावरण बनोस् भन्ने ध्येयले सोसाइटीले आठराई गाउँपालिकाका सातवटै वडाका ६० जना विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको...बाँकी अंश →


पर्यटकलाई मानसरोवर होटलद्वारा स्वागत

हुम्ला, ११ जेठ (रासस)  हुम्लाकै ठूलो र सुविधासम्पन्न मानसरोवर होटलले यस वर्ष आफूकहाँ आउने भारतीय पर्यटकको पहिलो समूहलाई स्वागत गरेको छ । यस वर्ष तीन हजारदेखि चार हजारसम्म भारतीय पर्यटक भित्र्याउने मानसरोवर होटलका सञ्चालक चीन रावतले जानकारी गराउनुभयो । –––बाँकी अंश →


उखुको भुक्तानी पाउँदै किसान

विराटनगर, ११ जेठ (रासस)  किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् । सुनसरी–मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५३१ रुपैयाँ २१ पैसाको दरले उखुको भक्तुानी गर्नुपर्ने सम्झौता भएपनि रु ५०१ का दरले भुक्तानी गरिरहेको जानकारी दिनुभयो । “लगभग ५० प्रतिशत...बाँकी अंश →


प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव

गुलरिया, बर्दिया, ११ जेठ (रासस)  आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती श्रेष्ठको क्यान्टिनमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter