बुधबार, ०२ जेठ २०८१

मौलिक अधिकार खोज्दै मोरंग मुस्लिम समाज

आंदोलनको शुरूवात गर्दै विराटनगरमा चक्काजाम

११ जेष्ठ २०७५, शुक्रबार २२:३९ मा प्रकाशित

केयरखबर// बिराटनगर

आज जेष्ठ ११ गते अपराह्न मोरंग मुस्लिम समाजले मुस्लिम समुदायको मुद्दा स्थापित गर्ने मांग गर्दै  बिराटनगरको बुध्दहाट चौकमा एक घण्टा चक्काजाम गरी ओली सरकारको ध्यानाकर्षित गराएको छ ।
समाजले मुस्लिम समुदायको संबैधानिक राष्ट्रीय मुस्लिम आयोग,ईद बकरीद,मोहम्मद जयन्ति पर्वलाई राष्ट्रीय बिदाको रुपमा स्थापित, जनसँख्या को आधारमा मुस्लिम लाई संबैधानिक अधिकारको सुनिश्चितता गराउने जस्ता मांगहरुको यथाशीघ्र सम्बोधन होस भनि आन्दोलनमा होमिएको छ ।  ‛मौलिक अधिकार खोज्दै’ नामक अभियान  चलाई रहेको मोरंग मुस्लिम समाजले कब्रस्तानलाई कब्रस्तानको नाममा दर्ता, मदरसा शिक्षालाई मूलधारमा ल्याउने , समावेशी समानुपातिक शैक्षिक प्रणाली लाई ब्यवहारिक गर्ने माग गर्दै बर्तमान ओली सरकारलाई मुस्लिम विरोधी सरकार ठहर गरेको छ ।

‌राष्ट्रीय सभा र मन्त्रि मण्डल मुस्लिम बिहीन,  बिदा कटौती , शैक्षिक आरक्षणमा मुस्लिम शून्य हुने कुरा हरुलाई लिएर मुस्लिम समुदायमा धर्मनिरपेक्षता को आभासमा कमी हुन आएको र सरकार प्रति संका उब्जिएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter