आइतबार, २३ बैशाख २०८१

गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडाँै पठाइयो

११ जेष्ठ २०७५, शुक्रबार १८:०२ मा प्रकाशित

तुलसीपुर, दाङ, ११ जेठ (रासस)  दाङको तुलसीपुर बजारमा आज बिहान रा १ क ५८३ नं.को टिपरले रा ३ प २५३३ नं.को स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–९ की टिना गिरीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँै पठाइएको छ ।

बिहान करिब ७ बजे तुलसीपुरको व्यस्त सडकमा टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएकी गिरीलाई नेपाली सेना १९ नंं बाहिनी अड्डा तुलसीपुरको समन्वयमा राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडाँै पठाइएको हो ।

गिरीको पेट र खुट्टामा गहिरो चोट लागेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । प्रत्यक्षदर्शीले टिपर चालकले स्कुटीमा ठक्कर दिएपछि पुन व्याक गरेर ठक्कर दिएको बताएका छन् ।

सो घटनापछि दोषीलाई कारबाही र घाइतेलाई निःशुल्क उपचारको व्यवस्थाको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध गर्नुका साथै राप्ती अञ्चल अस्पतालमा नारावाजी गरेका थिए ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter