मङ्गलबार, ०१ जेठ २०८१

मेलमिलापको सफलता सबैको सफलता–कामु प्रधान्यायाधीश

११ जेष्ठ २०७५, शुक्रबार २०:५४ मा प्रकाशित

चितवन, ११ जेठ (रासस)  कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले काँधमा जिम्मेवारी, हृदयमा इमान्दारी र मष्तिस्कमा समझदारी भन्ने भनाइ मेलमिलापमा अति सान्दर्भिक रहेकाले यही कुरालाई हृदयंगम गरी काम गर्न आग्रह गर्नुभएको छ ।

सर्वाेच्च अदालत मेलमिलाप समितिद्वारा आज यहाँ आयोजित ‘मेलमिलापको सफलतामा सरोकारवालाको भूमिका’विषयको छलफल कार्यक्रममा उहाँले मेलमिलापको सफलता पक्ष, कानुन व्यवसायी, अदालत र मेलमिलापकर्ता सबैको सफलतासँग गाँसिएको बताउनुभयो ।

एउटा विषयमा मेलमिलाप हुँदा हामी सबै सन्तुष्ट मात्रै होइन, सफल हुने बताउँदै उहाँले भन्नुभयो “हाम्रो भूमिकाका सम्बन्धमा मैले धेरै भन्नु आवश्यक छैन, किन भने पक्षहरूलाई प्रोत्साहन गर्ने र फुटाउनुभन्दा जुटाउन केन्द्रित हुने गरी सबैले भूमिका निर्वाह गरे सफलता प्राप्त हुन्छ ।”

कार्यक्रममा उच्च अदालत पाटनका न्यायाधीश तिलप्रसाद श्रेष्ठले ‘मेलमिलापको सफलतामा सरोकारवालाको भूमिका’ विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter