आइतबार, २३ बैशाख २०८१

ठूला भ्रष्टाचारी र तस्करलाई देखिने गरी कारवाही गर्नुपर्नेमा जोड

११ जेष्ठ २०७५, शुक्रबार २०:५९ मा प्रकाशित

बुटवल, ११ जेठ (रासस)  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केन्द्र र स्थानीय तहमा अधिकार बाँडेर केन्द्र र स्थानीय तहलाई जोड्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीको पाँचौँ जिल्ला सम्मेलनको आज बुटवलमा उद्घाटन गर्दै नेता केसीले एमाले र माओवादीको एकता विचार र कार्यक्रम मिलेपछि गरिएको एकताको समर्थन गर्दै सो एकतालाई पूँजीवादी एकता भन्नुभयो ।

उहाँले यातायातमा भएको एकाधिकार हटाएर सरकारले राम्रो काम गरेको बताउँदै अब सत्तामा रहेका ठूला भ्रष्टाचारी र तस्करलाई जनताले देख्नेगरी कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वार्षिक रुपमा विदेशबाट आउने रु सात खर्बले अब देशलाई धान्न नसक्ने समेत बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका नेता रश्मिराज नेपालीले देशमा वामपन्थीको सरकार भए पनि भ्रष्टाचार, महँगी र कालोबजारी बढेको तथा राष्ट्रियता, सार्वभामिकता र अखण्डता कमजोर बनेको विचार राख्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter