काठमाडौँ, १३ जेठ (रासस) ः चालु आर्थिक वर्षको प्रथम आठ महिनामा वन क्षेत्रबाट रु ४६ करोड राजश्व संकलन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा पेश गर्नुभएको आर्थिक सर्वेक्षण २०७४÷७५ मा आर्थिक वर्ष २०७३÷७४ मा वन क्षेत्रबाट रु एक अर्ब १५ करोड संकलन भएको उल्लेख छ ।...बाँकी अंश →
लहान, १३ जेठ (रासस) ः तीनहप्ता अगाडि सिरहाको कर्जन्हा नगरपालिका–७, मरेवा निवासी मुसहरु भन्ने सुपेन्द्र यादवको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाको टोलीले ४५ वर्षीय सुपेन्द्रको हत्यामा संलग्न रहेको आरोपमा सिरहाको कर्जन्हा नगरपालिका–७ मरेवा निवासी ५५ वर्षीय बन्ठा...बाँकी अंश →
पोखरा, १३ जेठ (रासस) ः प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकार स्थापनाको एक सय दिनमा कानून निर्माण लगायतका विषयमा उपलब्धि हासिल भएको बताउनुभएको छ । सरकारका एक सय दिनका उपलब्धि सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सय दिनको ४१ बुँदे कार्य प्रगति प्रस्तुत गर्दै...बाँकी अंश →
हेटौँडा, १३ जेठ (रासस) ः प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा सांसदहरुले यातायात व्यवसायीको रोक्का गरिएको बैंक खाता फुकुवाको माग गरेका छन् । बैठकको विशेष समयमा बोल्ने १३ सांसदमध्ये अधिकांशले यस्तो माग गरेका हुन् । प्रदेशसभा सदस्य केशवराज पाण्डेले भूकम्पपीडितले छिटो घर निर्माण गर्न र आवास निर्माणका लागि सरकारले तोकेको...बाँकी अंश →
हेटौँडा, १३ जेठ (रासस) ः प्रदेश नं ३ को मन्त्रिपरिषद्को बैठकले प्रदेश आकस्मिक कोष विधेयक, २०७५ को मस्यौदा स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयकको अवधारणापत्र मस्यौदासमेत स्वीकृत गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं सरकारका प्रवक्ता कैलाश ढुंगेलले जानकारी दिनुभयो...बाँकी अंश →
काठमाडौँ, १३ जेठ (रासस) ः महानगरीय प्रहरी परिसरले खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त स्वयम्भूले चौमती पुल नजिक लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा बाँकेका १९ वर्षीय दिलीप गिरी, बाँकेकै २३ वर्षीय विकास केसी र काठमाडौँका २० वर्षीय रिवाज लामालाई पक्राउ गरेको हो ।...बाँकी अंश →
काठमाडौँ, १३ जेठ (रासस) ः चालु आवको प्रथम आठ महिनासम्म सामाजिक सुरक्षा कर रु २० अर्ब ११ करोड संकलन गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७४÷७५ को आर्थिक सर्वेक्षणमा आव २०७३÷७४ (गत वर्ष) मा रु १६ अर्ब ९० करोड संकलन भएकामा प्रथम...बाँकी अंश →
रसुवा, १३ जेठ (रासस) ः नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकासशरण महतले पार्टी भित्रको आन्तरिक कलह र मनकुटाव आन्तरिक रुपमै समाधान गर्ने बताउनुभएको छ । नेपाल तरुण दल रसुवाले आज यहाँ आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले सहमति, सहकार्य र एकताबाट अगाडी बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।...बाँकी अंश →
काठमाडौँ, १३ जेठ (रासस) ः सरकारले राष्ट्रिय गौरवका आयोजनामा परेका रेलमार्ग तथा सडकको काम अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेको पाइएको छ । सरकारले आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ शुरु गरेका ती परियोजनाको काम कछुवा गतिमा मात्रै अघि बढेको सरकारकै तथ्यांकले पुष्टि गरेको छ । समयमै बजेट आएको भए...बाँकी अंश →
संखुवासभा, १३ जेठ (रासस) ः नेपाली काँग्रेसका युवा नेता गगन थापाले पाँच वर्षसम्म अहिलेको सरकारको गतिविधि हेरेर सहयोग गर्ने बताउनुभएको छ । नेपाल तरुण दलद्वारा आज यहाँ आयोजित तरुण भेलालाई सम्बोधन गर्दै उहाँले सरकारको पाँचवर्षे गतिविधि हेर्ने बताउनुभयो । उहाँले नेकपाको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रम मात्रै भएको दाबी पनि...बाँकी अंश →
काठमाडौँ, १३ जेठ (रासस) ः निजी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको ऐतिहासिक तथा धार्मिक नगरी बाराणसीमा साताको दुई उडान गर्ने भएको छ । आउँदो असार १५ गतदेखि साताको दुई उडान गर्ने कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले दुई पौराणिक...बाँकी अंश →
हेटौँडा, १३ जेठ ९रासस०ः नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं ३ संसदीय दलको आज हेटौँडामा बसेको बैठकले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उक्त दलको नेतामा सर्वसम्मत निर्वाचित गरेको छ । आज यहाँ बसेको उक्त दलको बैठकमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकृत भएकामा हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: