शनिबार, ०५ जेठ २०८१

आन्तरिक कलह पार्टी भित्रै समाधान गछौँ ः सहमहामन्त्री महत

१३ जेष्ठ २०७५, आईतवार २०:३१ मा प्रकाशित

रसुवा, १३ जेठ (रासस) ः नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकासशरण महतले पार्टी भित्रको आन्तरिक कलह र मनकुटाव आन्तरिक रुपमै समाधान गर्ने बताउनुभएको छ ।

नेपाल तरुण दल रसुवाले आज यहाँ आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले सहमति, सहकार्य र एकताबाट अगाडी बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले राज्यका विभिन्न निकायमा नेपाल कम्युनिष्ट पार्टीले हस्तक्षेप गरिरहेको आरोप लगाउनुभयो ।

प्रशिक्षण कार्यक्रमका सहभागिलाई प्रतिनिधिसभा सदस्य मोहन आचार्य, प्रदेश नं ३ का प्रदेशसभा सदस्य प्रभात लामा, काँग्रेसका जिल्ला सभापति पेम्बा छिरिङ तामाङ, नेपाल तरुण दलका जिल्ला अध्यक्ष दीलबहादुर वाइवालगायतले प्रशिक्षण दिनुभएको थियो । भेलामा २४० भन्दा बढीको सहभागिता रहेको बताइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter