शुक्रबार, २१ बैशाख २०८१

सरकारको गतिविधि हेरेर सहयोग गर्छौँः गगन

१३ जेष्ठ २०७५, आईतवार २०:२७ मा प्रकाशित

संखुवासभा, १३ जेठ (रासस) ः नेपाली काँग्रेसका युवा नेता गगन थापाले पाँच वर्षसम्म अहिलेको सरकारको गतिविधि हेरेर सहयोग गर्ने बताउनुभएको छ ।

नेपाल तरुण दलद्वारा आज यहाँ आयोजित तरुण भेलालाई सम्बोधन गर्दै उहाँले सरकारको पाँचवर्षे गतिविधि हेर्ने बताउनुभयो । उहाँले नेकपाको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रम मात्रै भएको दाबी पनि गर्नुभयो ।

काँग्रेसले राजनीति जितेको भएपनि चुनाव हारेको भन्दै पुरानो ढर्रा र सोचबाट पार्टी अगाडि बढ्न नसक्ने बताउनुभयो । भेलालाई सम्बोधन गर्दै नेता प्रदीप पौडेलले लोकतन्त्रको पहरेदारी गर्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter