बिहिबार, ०३ जेठ २०८१

समाचार

गोरे पुर्पक्षका लागि कारागार चलान

विराटनगर, १३ जेठ (रासस) ः सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’लाई आज पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत मोरङले चार दिनसम्म गोरेसँगको बयानपछि आजै थुनछेकको वहसको क्रममा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि कारागार...बाँकी अंश →


झुक्याएर मिर्गौैला झिकी प्रत्यारोपण गर्ने पक्राउ

भक्तपुर, १३ जेठ (रासस) ः मानसिक रोगको औषधि सेवन गरिरहेको एक युवकको मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले आज पक्राउ गरेको छ । प्रहरीले मोरङ विराटनगर उपमहानगरपालिका–१ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरी परिसर...बाँकी अंश →


राज्यको प्राथमिकतामा कृषि, वन र उद्योग क्षेत्र

काठमाडौँ, १३ जेठ (रासस) ः चालु आर्थिक वर्षको प्रथम आठ महिनामा वन क्षेत्रबाट रु ४६ करोड राजश्व संकलन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा पेश गर्नुभएको आर्थिक सर्वेक्षण २०७४÷७५ मा आर्थिक वर्ष २०७३÷७४ मा वन क्षेत्रबाट रु एक अर्ब १५ करोड संकलन भएको उल्लेख छ ।...बाँकी अंश →


हत्या आरोपमा हतियारसहित दुईजना पक्रा

लहान, १३ जेठ (रासस) ः तीनहप्ता अगाडि सिरहाको कर्जन्हा नगरपालिका–७, मरेवा निवासी मुसहरु भन्ने सुपेन्द्र यादवको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाको टोलीले ४५ वर्षीय सुपेन्द्रको हत्यामा संलग्न रहेको आरोपमा सिरहाको कर्जन्हा नगरपालिका–७ मरेवा निवासी ५५ वर्षीय बन्ठा...बाँकी अंश →


सरकारका सय दिन ः कानून निर्माण लगायतमा उपलब्धि

पोखरा, १३ जेठ (रासस) ः प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकार स्थापनाको एक सय दिनमा कानून निर्माण लगायतका विषयमा उपलब्धि हासिल भएको बताउनुभएको छ । सरकारका एक सय दिनका उपलब्धि सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सय दिनको ४१ बुँदे कार्य प्रगति प्रस्तुत गर्दै...बाँकी अंश →


प्रदेशसभामा व्यवसायीको बैंक खाता फुकुवाको मा

हेटौँडा, १३ जेठ (रासस) ः प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा सांसदहरुले यातायात व्यवसायीको रोक्का गरिएको बैंक खाता फुकुवाको माग गरेका छन् । बैठकको विशेष समयमा बोल्ने १३ सांसदमध्ये अधिकांशले यस्तो माग गरेका हुन् । प्रदेशसभा सदस्य केशवराज पाण्डेले भूकम्पपीडितले छिटो घर निर्माण गर्न र आवास निर्माणका लागि सरकारले तोकेको...बाँकी अंश →


आकस्मिक कोष विधेयक, २०७५ को मस्यौदा स्वीकृत

हेटौँडा, १३ जेठ (रासस) ः प्रदेश नं ३ को मन्त्रिपरिषद्को बैठकले प्रदेश आकस्मिक कोष विधेयक, २०७५ को मस्यौदा स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयकको अवधारणापत्र मस्यौदासमेत स्वीकृत गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं सरकारका प्रवक्ता कैलाश ढुंगेलले जानकारी दिनुभयो...बाँकी अंश →


खैरो हिरोइनसहित तीन पक्राउ

काठमाडौँ, १३ जेठ (रासस) ः महानगरीय प्रहरी परिसरले खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त स्वयम्भूले चौमती पुल नजिक लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा बाँकेका १९ वर्षीय दिलीप गिरी, बाँकेकै २३ वर्षीय विकास केसी र काठमाडौँका २० वर्षीय रिवाज लामालाई पक्राउ गरेको हो ।...बाँकी अंश →


सामाजिक सुरक्षा कर रु २० अर्ब ११ करोड संकलन

काठमाडौँ, १३ जेठ (रासस) ः चालु आवको प्रथम आठ महिनासम्म सामाजिक सुरक्षा कर रु २० अर्ब ११ करोड संकलन गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७४÷७५ को आर्थिक सर्वेक्षणमा आव २०७३÷७४ (गत वर्ष) मा रु १६ अर्ब ९० करोड संकलन भएकामा प्रथम...बाँकी अंश →


आन्तरिक कलह पार्टी भित्रै समाधान गछौँ ः सहमहामन्त्री महत

रसुवा, १३ जेठ (रासस) ः नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकासशरण महतले पार्टी भित्रको आन्तरिक कलह र मनकुटाव आन्तरिक रुपमै समाधान गर्ने बताउनुभएको छ । नेपाल तरुण दल रसुवाले आज यहाँ आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले सहमति, सहकार्य र एकताबाट अगाडी बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।...बाँकी अंश →


राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त

काठमाडौँ, १३ जेठ (रासस) ः सरकारले राष्ट्रिय गौरवका आयोजनामा परेका रेलमार्ग तथा सडकको काम अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेको पाइएको छ । सरकारले आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ शुरु गरेका ती परियोजनाको काम कछुवा गतिमा मात्रै अघि बढेको सरकारकै तथ्यांकले पुष्टि गरेको छ । समयमै बजेट आएको भए...बाँकी अंश →


सरकारको गतिविधि हेरेर सहयोग गर्छौँः गगन

संखुवासभा, १३ जेठ (रासस) ः नेपाली काँग्रेसका युवा नेता गगन थापाले पाँच वर्षसम्म अहिलेको सरकारको गतिविधि हेरेर सहयोग गर्ने बताउनुभएको छ । नेपाल तरुण दलद्वारा आज यहाँ आयोजित तरुण भेलालाई सम्बोधन गर्दै उहाँले सरकारको पाँचवर्षे गतिविधि हेर्ने बताउनुभयो । उहाँले नेकपाको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रम मात्रै भएको दाबी पनि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter