आइतबार, १६ बैशाख २०८१

सामाजिक सुरक्षा कर रु २० अर्ब ११ करोड संकलन

१३ जेष्ठ २०७५, आईतवार २०:३२ मा प्रकाशित

काठमाडौँ, १३ जेठ (रासस) ः चालु आवको प्रथम आठ महिनासम्म सामाजिक सुरक्षा कर रु २० अर्ब ११ करोड संकलन गरिएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७४÷७५ को आर्थिक सर्वेक्षणमा आव २०७३÷७४ (गत वर्ष) मा रु १६ अर्ब ९० करोड संकलन भएकामा प्रथम आठ महिनामा अहिले करीब २५ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको आठ महिनासम्ममा ८२ प्रतिशत सरकारी क्षेत्र र १८ प्रतिशत गैरसरकारी क्षेत्रका करीब तीन हजार बढी संगठित संस्था सामाजिक सुरक्षा करको दायरामा आएका छन् ।

उक्त करमा योगदान गर्नेको संख्या २० लाख पुगेको छ । सामाजिक सुरक्षा योजना सञ्चालन गर्नका लागि स्थापना भएको कोषमा चालु आवको प्रथम आठ महिनासम्ममा रु ६७ करोड पुगेको छ ।

प्रतिवर्ष करीब पाँच लाख व्यक्ति श्रम बजारमा थपिने गरेका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter