शनिबार, ०५ जेठ २०८१

आकस्मिक कोष विधेयक, २०७५ को मस्यौदा स्वीकृत

१३ जेष्ठ २०७५, आईतवार २०:४२ मा प्रकाशित

हेटौँडा, १३ जेठ (रासस) ः प्रदेश नं ३ को मन्त्रिपरिषद्को बैठकले प्रदेश आकस्मिक कोष विधेयक, २०७५ को मस्यौदा स्वीकृत गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयकको अवधारणापत्र मस्यौदासमेत स्वीकृत गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं सरकारका प्रवक्ता कैलाश ढुंगेलले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले प्रादेशिक वन विधेयक, २०७५ को मस्यौदा पनि स्वीकृत गरेको छ । रामेछाप र दोलखामा भएको यातायात बन्दको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको ढुंगेलले बताउनुभयो । बैठकमा प्रदेश नं ३ को नीति तथा कार्यक्रमको विषयमा समेत छलफल भएको
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter