२० मंसिर २०८२

राष्ट्रिय

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, २३ वैशाख (रासस)ः साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक १२.५१ बिन्दुले ओरालो लागेर एक हजार ३५३.६४ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.९१ बिन्दुले ओरालो लागेर २८५.३८ बिन्दुमा झरेको छ...बाँकी अंश →


सबै क्षेत्रको एकाधिकार तोड्ने गृहमन्त्री थापाको उद्घोष

काठमाडौँ, २३ वैशाख (रासस) ः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बस तथा माइक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । आज गृह मन्त्रालयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा गृहमन्त्री थापाले यातायात क्षेत्रको एकाधिकारको अन्त्य शुरुआतमात्रै भएको...बाँकी अंश →


कृषिजन्य उपजमा आत्मनिर्भरतादेखि निर्यातसम्म

काठमाडौँ, २३ वैशाख (रासस) ः कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि, पशुपक्षी, भूमि व्यवस्था र सहकारी क्षेत्रको व्यवस्थापन तथा विस्तारसहित कृषिजन्य उपजमा आत्मनिर्भर गराउने मार्गचित्र अगाडि ल्याएको छ । मन्त्री चक्रपाणि खनालले आज मन्त्रालयमा आयोजित कार्यक्रममा ‘सबै नेपालीको प्रण, कृषिमा आधुनिकीकरण, समाजवादको आधार घरघरमा रोजगार’ भन्ने नारासहित उक्त मार्गचित्र...बाँकी अंश →


रोजगारका लागि नेपाली विदेश जानु पर्दैन ः वन मन्त्री बस्नेत

गुलरिया, बर्दिया, २३ वैशाख (रासस) ः वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताउनुभएको छ । बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको संविधान कार्यान्वयनका लागि स्थिर सरकार बनेकाले अबका केही दिनमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने...बाँकी अंश →


राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ, २३ वैशाख (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीसँग गणतन्त्र सर्बियाका प्रथम उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डेसिसले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल–सर्बिया सम्बन्ध तथा आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाल र सर्बिया सरकारका उच्चपदस्थ अधिकारीका साथै नेपालका लागि...बाँकी अंश →


स्वास्थ्यकर्मीको १३ बुँदे काठमाडौँ घोषणापत्र जारी

काठमाडौँ, २३ वैशाख (रासस) ः नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिले औषधि आपूर्ति प्रक्रिया अवरोध भई सेवा सञ्चालनमा समस्या भएकाले तत्काल आपूर्ति गरिनुपर्ने लगायत माग राखी १३ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । समितिको यही वैशाख १७ र १८ गते बसेको बैठकले दुर्गम एवं विकट जिल्ला र अन्य स्थानमा रिक्त...बाँकी अंश →


संघीय संसद््को दोस्रो अधिवेशन शुरु हँुदै

काठमाडौँ, २३ वैशाख (रासस) ः संघीय संसद्् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरूप आज अपराह्न ४ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा दुवै सभाका बैठक छुट्टाछुट्टै बस्दैछ । प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट बोलाइएको संघीय संसद्को बजेट अधिवेशनका क्रममा सरकारको नीति...बाँकी अंश →


त्रिवि सिनेट बैठक स्थगित

काठमाडौँ, २३ वैशाख (रासस) ः त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि बैठक स्थगन भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले जानकारी दिनुभयो । शनिबार प्रधानमन्त्रीलाई बैठकबारे जानकारी गराउन जाँदा लामो समय कुरेर पनि भेट गर्न...बाँकी अंश →


मदरसमा र बिद्यालयमा बच्चाहरुको भर्नाबारे अन्तरकिर्या गर्दै शिक्षा मन्त्री

शमशाद आदिल मुस्लिम समुदायको एउटा बच्चा पनि शिक्षा को पहुच बाट बाहिर नछुटने गरी ‛बिद्यालय तथा मदरसमा बच्चाको भर्ना हाम्रो समाजिक दायित्व २०७५’ अभियान चलाएको शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताए । मदरसा शिक्षा व्यवस्थापन परिषद शिक्षा विभागले बैशाख २२गते इस्लामी संघ नेपालको केन्द्रीय सभाहालमा आयोजना गरेको अन्तरकिर्या...बाँकी अंश →


विश्व समाजका गहिरो विश्लेषक तथा पहिलो कम्युनिष्ट माक्र्स ः नेता नेपाल

काठमाडौँ, २२ वैशाख (रासस) ः पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सर्वहारा वर्गको क्षमता, भूमिका उजागर गर्न सक्ने महान् विद्वान्का रुपमा कार्ल माक्र्सलाई बुझ्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) द्वारा कार्ल माक्र्सको जन्म द्विशताब्दीका सन्दर्भमा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले माक्र्स समाजको गहिरो अध्ययन र विश्लेषण गर्ने विश्वको पहिलो कम्युनिष्ट नेता हुनुहुन्थ्यो...बाँकी अंश →


दुलालको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी गठन

काठमाडौँ, २२ वैशाख (रासस) ः नेकपा (माओवादी केन्द्र) परित्याग गरेका विश्वभक्त दुलालको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको ५१ सदस्यीय समिति गठन गरिएको छ । दुलालले आज जारी गर्नुभएको विज्ञप्तिमा सबै प्रकारको शोषण, उत्पीडन र पर्यावरण विनासका विरुद्धमा वर्गसंघर्षलाई नयाँ धरातलमा उठाउने संकल्पसहित नयाँ वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल निर्माण...बाँकी अंश →


साना विषयले एकीकरणमा अलमल हुनुहुँदैनः प्रधानमन्त्री

काठमाडौँ, २२ वैशाख (रासस) ः प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने बताउनुभएको छ । एमाले स्थायी कमिटीले कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा आज आयोजित प्रवचन कार्यक्रममा प्रधानमन्त्री ओलीले माक्र्सवाद राजनीति, सामाजिक र आर्थिक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter