मङ्गलबार, ११ बैशाख २०८१

राष्ट्रिय

मनसुनी गतिविधि सक्रियः अझै एक÷दुई दिन बदली र वर्षा

काठमाडौँ, २० वैशाख (रासस) ः पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम...बाँकी अंश →


जलेश्वर–जनकपुर बाटो वर्षाले अवरुद्ध

गौशाला, २० वैशाख (रासस)ः भारी वर्षाको कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । जिल्लाकै प्रमुख सडकखण्डको रुपमा रहेको जलेश्वर जनकपुर सडकमा फोरलेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेको बेला आज बिहान भारी वर्षाका कारण सो बाटो अवरुद्ध भएको छ । जनकपुरदेखि जलेश्वर र भिठ्ठामोडसम्म पूरै...बाँकी अंश →


अब श्रमिकले आन्दोलन गर्नु पर्दैन ः प्रधानमन्त्री

काठमाडौँ, २० वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नवनिर्वाचित नेतृत्वले श्रमिकका हकअधिकारका विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले श्रमिकका...बाँकी अंश →


ओली र प्रचण्डबीच छलफल

काठमाडौँ, २० वैशाख (रासस) ः पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षहरु बीचको छलफलमा ठोस के सहमति...बाँकी अंश →


विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

काठमाडौँ, २० वैशाख (रासस) ः विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज प्रभातफेरी निकालिएको छ । नेपाल पत्रकार महासंघको अगुवाइमा ‘शक्तिको निगरानी ः मिडिया, न्याय र विधिको शासन’ भन्ने मूलनाराका साथ बबरमहलदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी निकालिएको हो । प्रभातफेरीपछि आयोजित कोणसभामा महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानमा प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा नै लेखिए पनि...बाँकी अंश →


प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र

मुस्ताङ, २० वैशाख (रासस) ः मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ । मोदीको धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तीव्र पारिएको हो । भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र सुरक्षा अधिकारीको टोलीले मुक्तिनाथको स्थलगत...बाँकी अंश →


जिरी विमानस्थल सञ्चालनमा ल्याउन पहल गरिने ः पर्यटन मन्त्री

चरिकोट, २० वैशाख (रासस) ः जिरी विमानस्थल पुनः सञ्चालनमा आउने आशामा जिरीवासी निकै उत्साहित देखिएका छन् । बुधबार जिरीमा पर्यटनमन्त्री पुगेर जिरी एयरपोर्ट स्थलगत अनुगमन गरेपछि यहाँका जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार र स्थानीयबासी निकै उत्साहित बनेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार दोलखाको सुन्दर पर्यटकीय...बाँकी अंश →


मन्त्री खनाल द्रारा_४_बिद्यार्थीको भर्ना

माननीय कृषि,भुमि,सहकारी मन्त्री चक्रपाडि खनाल (बलदेव) ले अाज कपिलवस्तुका ४ बिद्यार्थी को अभिभावको जिम्मेवारी लिदै भर्ना गर्नुभयको छ ! भर्ना गरियका बिद्यार्थीको नाम १ मोहन थारु कक्षा ६ सुर्यादय मा वि बरोवा २ रियाजुदिन मुसलमान कक्षा २ पुर्णकेशर मा वि वगदि ३ बिष्णु परियार कक्षा ७ जनज्योति मा वि मोतिपुर...बाँकी अंश →


प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत शर्त – राज्यमन्त्री बाँस्कोटा

काठमाडौँ, २० वैशाख (रासस) ः सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकारिताको व्यावसायिक अभ्यासका क्रममा एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति जीवन उत्सर्ग गर्ने सम्पूर्ण सञ्चारकर्मीहरुप्रति उच्च सम्मानसहित श्रद्धाञ्जलिका साथै सम्पूर्ण पत्रकार र विश्वभर छरिएर रहेका सबै सञ्चारकर्मीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । विश्व...बाँकी अंश →


राष्ट्रिय सहयोग रणनीति २०१८–२२ सार्वजनिक

काठमाडौँ, १९ वैशाख (रासस) ः नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले संयुक्तरुपमा आगामी पाँच वर्षका राष्ट्रिय सहयोग रणनीति २०१८–२२ सार्वजनिक गरेका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद््मा अर्याल, विश्व स्वास्थ्य संगठनका सरुवा रोग विभागका सहायक महानिर्देशक डा रेन मिङघुईले संयुक्तरुपमा उक्त रणनीतिको सार्वजनिक गर्नुभएको हो ।...बाँकी अंश →


घरेलु तथा महिला हिंसामा वृद्धि

काठमाडौँ, १९ वैशाख ९रासस० ः राष्ट्रिय महिला आयोगले बितेको १० महिनामा घरेलु हिंसा तथा महिला हिंसामा वृद्धि भएको जनाएको छ । लैंगिक हिंसाका घटनाको उजुरी, कार्यान्वयनको अवस्था र चुनौतीबारे सरोकारवाला निकायसँग आज गरेको अन्तक्र्रियामा आयोगले सो जानकारी दिएको हो । आयोगका अनुसार गएको साउनदेखि हालसम्म घरेलु हिंसाका घटनामा ५१२ तथा...बाँकी अंश →


सरकारको पहिलो एजेन्डा विकास र समृद्धि ः प्रधानमन्त्री

सुरुङ्गा, झापा, १९ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले मुलुकको समग्र क्षेत्रको विकास गरेर समृद्ध नेपाल निर्माण गर्ने बताउनुभएको छ । भmापाको दमकस्थित मुख्य बजारमा निर्माण गरिएको ‘नमूना बजार’को आज उद्घाटन गर्दै उहाँले वर्तमान सरकारको पहिलो एजेन्डा विकास र समृद्धि भएकाले समृद्ध मुलुक निर्माण गर्न सबैलाई आ–आफ्नो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter