बिहिबार, १३ बैशाख २०८१

राष्ट्रिय

त्रिवि सिनेट बैठक स्थगित

काठमाडौँ, २३ वैशाख (रासस) ः त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि बैठक स्थगन भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले जानकारी दिनुभयो । शनिबार प्रधानमन्त्रीलाई बैठकबारे जानकारी गराउन जाँदा लामो समय कुरेर पनि भेट गर्न...बाँकी अंश →


मदरसमा र बिद्यालयमा बच्चाहरुको भर्नाबारे अन्तरकिर्या गर्दै शिक्षा मन्त्री

शमशाद आदिल मुस्लिम समुदायको एउटा बच्चा पनि शिक्षा को पहुच बाट बाहिर नछुटने गरी ‛बिद्यालय तथा मदरसमा बच्चाको भर्ना हाम्रो समाजिक दायित्व २०७५’ अभियान चलाएको शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताए । मदरसा शिक्षा व्यवस्थापन परिषद शिक्षा विभागले बैशाख २२गते इस्लामी संघ नेपालको केन्द्रीय सभाहालमा आयोजना गरेको अन्तरकिर्या...बाँकी अंश →


विश्व समाजका गहिरो विश्लेषक तथा पहिलो कम्युनिष्ट माक्र्स ः नेता नेपाल

काठमाडौँ, २२ वैशाख (रासस) ः पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सर्वहारा वर्गको क्षमता, भूमिका उजागर गर्न सक्ने महान् विद्वान्का रुपमा कार्ल माक्र्सलाई बुझ्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) द्वारा कार्ल माक्र्सको जन्म द्विशताब्दीका सन्दर्भमा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले माक्र्स समाजको गहिरो अध्ययन र विश्लेषण गर्ने विश्वको पहिलो कम्युनिष्ट नेता हुनुहुन्थ्यो...बाँकी अंश →


दुलालको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी गठन

काठमाडौँ, २२ वैशाख (रासस) ः नेकपा (माओवादी केन्द्र) परित्याग गरेका विश्वभक्त दुलालको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको ५१ सदस्यीय समिति गठन गरिएको छ । दुलालले आज जारी गर्नुभएको विज्ञप्तिमा सबै प्रकारको शोषण, उत्पीडन र पर्यावरण विनासका विरुद्धमा वर्गसंघर्षलाई नयाँ धरातलमा उठाउने संकल्पसहित नयाँ वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल निर्माण...बाँकी अंश →


साना विषयले एकीकरणमा अलमल हुनुहुँदैनः प्रधानमन्त्री

काठमाडौँ, २२ वैशाख (रासस) ः प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने बताउनुभएको छ । एमाले स्थायी कमिटीले कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा आज आयोजित प्रवचन कार्यक्रममा प्रधानमन्त्री ओलीले माक्र्सवाद राजनीति, सामाजिक र आर्थिक...बाँकी अंश →


केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै

काठमाडौँ, २२ वैशाख (रासस) ः केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन् । रेलमार्गको विषयमा सहमति जुटाउन चीन पुगेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी आगामी दुई साताभित्र नेपाल आउने...बाँकी अंश →


नेपालसँगको सम्बन्धलाई उच्च महत्व

काठमाडौँ, २२ वैशाख (रासस) ः नेपालको तीन दिवसीय भ्रमणमा रहनुभएका गणतन्त्र सर्वियाका प्रथम उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इभिका डायसिसले नेपालसँगको सम्बन्धलाई आफ्नो देशले उच्च महत्व दिएको बताउनुभएको छ । परराष्ट्र मन्त्रालय र नेपालका विश्व सम्बन्ध परिषद्ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उहाँले नेपालासँगको सम्बन्ध विस्तारलाई आफ्नो देशको सरकारले उच्च प्राथमिकता...बाँकी अंश →


ठग्ने व्यापारीलाई कारबाही गर्ने– आपूर्ति मन्त्री

विराटनगर, २२ वैशाख (रासस) ः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगतमा उपभोक्ता ठग्ने साना व्यापारीलाई मात्र कारबाही गरिएकोमा अब ठूलो व्यापारीलाई कारबाही गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उपभोक्ताको स्वास्थ्य, कालाबजारी र राजश्व छली गर्ने साना, ठूला नभनी सबैलाई समानरुपमा कानून अनुसार कारबाही गर्ने...बाँकी अंश →


गुणस्तरीय बाली उत्पादनमा जोड

धनगढी, २२ वैशाख (रासस)ः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘जोन‘ र ‘सुपरजोन‘ कार्यक्रम मार्फत भइरहेका विभिन्न खेतीको उत्पादन गुणस्तरीय हुनुपर्नेमा जोड दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार यहाँ गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले बजार र उद्योगीको माग अनुसारको खाद्यान्न खेती गर्न कृषकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड...बाँकी अंश →


निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ ः राज्यमन्त्री बाँस्कोटा

बनेपा, २२ वैशाख (रासस) ः सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्वाचनको बेलामा जनताको माझमा गरिएका सबै बाचा पूरा गर्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा नेकपा (एमाले) बनेपा नगर कमिटीले आयोजना गरेको राज्यमन्त्री बाँस्कोटालाई बधाई तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले निर्वाचनबाट वामपन्थी सरकारलाई बहुमतले काम गर्न दिएको कारण...बाँकी अंश →


गृहमन्त्रीबाट डा देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ, २२ वैशाख (रासस) ः गृहमन्त्री रामबहादुर थापा‘बादल’ले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । पित्त थैलीको क्यान्सरबाट पीडित डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न गृहमन्त्री थापा आज बाँसबारीस्थित न्यूरो अस्पताल पुग्नुभएको हो । भेटमा गृहमन्त्रीले डा देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै...बाँकी अंश →


सार्वजनिक यातायात सञ्चालन

काठमाडौँ, २२ वैशाख (रासस) ः सार्वजनिक यातायात अनिवार्यरुपमा कम्पनीमा लैजान सरकारले गरेको निर्णयकाविरुद्ध आन्दोलनरत यातायात व्यवसायीले बन्द फिर्ता लिइ सवारी चलाएका छन् । यातायातमा एकाधिकार (सिन्डिकेट) लगाउन पाउनुपर्छ, संघसंस्था ऐन २०३४ अनुसार सामाजिक संस्थाकारुपमा दर्ता गरेर व्यापार गर्न पाउनुपर्छलगायत माग राखेर यातायात व्यवसायीले शुक्रबार देशभर सार्वजनिक यातायात ठप्प पारेका थिए...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter