बिहिबार, २० बैशाख २०८१

राष्ट्रिय

काँग्रेसले पदाधिकारी मनोनयन गर्र्दै

काठमाडौँ, २१ वैशाख (रासस) ः नेपाली काँग्रेसको आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदाधिकारी मनोनयन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा पदाधिकारी मनोनयनको कार्यसूची रहेको पार्टी कार्यालयले जनाएको छ । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका...बाँकी अंश →


एकतामा ढिलाइ गर्नै हुन्न ः अध्यक्ष दाहाल

काठमाडौँ, २१ वैशाख (रासस) ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताउनुभएको छ । ‘कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह समिति’ ले आज यहाँ आयोजना गरेको ‘आजको माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उहाँले नेकपा (एमाले) सँगको एकता...बाँकी अंश →


सेनाले एक हजार ४८ किलोमिटर सडक निर्माण ग¥यो

काठमाडौँ, २१ वैशाख (रासस) ः नेपाली सेनाले हालसम्म मुलुकका २६ सडक आयोजनाको निर्माण (ट्रयाक खोल्ने) कार्य सम्पन्न गरेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका अनुसार ती आयोजना सम्पन्न गर्ने क्रममा हालसम्म एक हजार ४८ किलोमिटर सडक निर्माण भएको छ । नेपाली सेनाले सडक निर्माणको जिम्मेवारी पाएका अधिकांश आयोजना दुर्गम...बाँकी अंश →


रामपुरमा अनौठो गुफा फेला

रामपुर, पाल्पा, २१ वैशाख (रासस) ः रामपुर नगरपालिकामा अनौठो प्रकृतिको गुफा फेला परेको छ । रामपुुर नगरपालिका–५ को रामघाटस्थित भुलादीखोलाको भुद्रुङ्गघाटमा अनौठो गुफा फेला परेको हो । स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो । करीब १५० मिटर लम्बाइ...बाँकी अंश →


विद्युत् चोरी गर्ने दशजना पक्राउ

राजविराज, २१ वैशाख (रासस) ः सप्तरी जिल्लामा व्यापक विद्युत् चोरी भइरहेको भन्दै विद्युत चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बिहीबार १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको केन्द्रका प्रमुख चन्देश्वर साहले बताउनुभयो । पक्राउ...बाँकी अंश →


यातायात सञ्चालनमा रोक, जनजीवन प्रभावित

काठमाडौँ, २१ वैशाख (रासस) ः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ । महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै आज देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको...बाँकी अंश →


मुद्दा स्थगन गर्ने परम्परा हटाउनुपर्छ ः कामु प्रन्या

काठमाडौँ, २० वैशाख (रासस) ः कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सेवाग्राहीलाई सहज बनाउने गरी छिटो न्याय दिने व्यवस्था मिलाउन उच्च अदालत पाटनलाई निर्देशन दिनुभएको छ । कामुु प्रन्याको नेतृत्व सम्हालेपछि पहिलो पटक उच्च अदालत पाटनको निरीक्षणमा पुग्नुभएका जोशीले मुद्दा धेरै स्थगन गराउँदा सेवाग्राहीलाई असहज हुने भएकाले मुद्दा स्थगन गर्ने परम्परा घटाउन...बाँकी अंश →


अध्यक्ष तिमिल्सिना र बेलायतका राजदूतबीच भेटवार्ता

काठमाडौँ, २० वैशाख (रासस) ः राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसबीच शिष्टाचार भेटघाट भएको छ । अध्यक्षको कार्यकक्षमा आज उहाँहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध र बेलायती संसदीय प्रतिनिधिमण्डलले आइतबारदेखि गर्ने नेपाल भ्रमणबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिनुभयो । सो...बाँकी अंश →


लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

काठमाडौँ २० वैशाख (रासस)ः नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ । गत वर्ष दुई लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने भने पनि जम्मा एक लाख ८१ हजार ३३६ क्वीन्टल धान खरिद गरिएको संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार कृषकबाट धान नआएकोले लक्ष्यभन्दा...बाँकी अंश →


तातोपानी नाका खुल्ने सम्भावनाः लार्चा बन्दरगाह निर्माण शुरु

काठमाडौँ, २० वैशाख (रासस)ः ‘गोरखा भूकम्प’का कारण बन्द सिन्धुपाल्चोकको लार्चा सुख्खा बन्दरगाहको निर्माण पुनः शुरु हुने भएको छ । नेपाल र चीन सीमा नजीक तातोपानीको लार्चामा निर्माण हुने सुख्खा बन्दरगाह पुनःनिर्माण सम्बन्धमा आज नेपाली र चिनियाँ अधिकारीबीच निर्माण शुरु गर्ने सम्झौता भएको छ । नेपाल र चीन सरकारबीच भएको सहमतिअनुसार...बाँकी अंश →


दु्रतमार्गको प्रतिवेदन तयार गर्न १७ कम्पनीबाट आवेदन

काठमाडौँ, २० वैशाख (रासस¬) ः नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १७ कम्पनीले इच्छा देखाएका छन् । कूल ७६.३ किमीको द्रुतमार्गको डिपिआर तयार गर्न एक स्वदेशी र १६ विदेशी कम्पनीबाट आवेदन आएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो...बाँकी अंश →


निजी वायु सेवा प्रदायक धमाधम नयाँ विमान भित्र्याउँदै

काठमाडौँ २० वैशाख (रासस) ः आन्तरिक उडानमा रहेको निजी वायु सेवा कम्पनीले सुगम गन्तव्यमा उडाउने लक्ष्यका साथ ठूला छ विमान भित्र्याउन लागिपरेका छन् । निजी क्षेत्रका प्रतिष्ठित बुद्ध एयर, यति एयरलाइन्स, श्री एयर र सौर्य एयरलाइन्सले प्रतिष्पर्धी बजारमा उपस्थिति जनाइराख्न ठूला विमान ल्याउन लागेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter