आइतबार, ०६ जेठ २०८१

राष्ट्रपतिसँग शिष्टाचार भेट

२३ बैशाख २०७५, आईतवार १५:३२ मा प्रकाशित

काठमाडौँ, २३ वैशाख (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीसँग गणतन्त्र सर्बियाका प्रथम उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डेसिसले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा नेपाल–सर्बिया सम्बन्ध तथा आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाल र सर्बिया सरकारका उच्चपदस्थ अधिकारीका साथै नेपालका लागि उक्त मुलुकका गैरआवासीय राजदूतको उपस्थिति थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter