सोमबार, १७ बैशाख २०८१

मदरसमा र बिद्यालयमा बच्चाहरुको भर्नाबारे अन्तरकिर्या गर्दै शिक्षा मन्त्री

केयर खबर संवाददाता,काठमांडौ

२३ बैशाख २०७५, आईतवार १०:३४ मा प्रकाशित

शमशाद आदिल

मुस्लिम समुदायको एउटा बच्चा पनि शिक्षा को पहुच बाट बाहिर नछुटने गरी ‛बिद्यालय तथा मदरसमा बच्चाको भर्ना हाम्रो समाजिक दायित्व २०७५’ अभियान चलाएको शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताए ।
मदरसा शिक्षा व्यवस्थापन परिषद शिक्षा विभागले बैशाख २२गते इस्लामी संघ नेपालको केन्द्रीय सभाहालमा आयोजना गरेको अन्तरकिर्या कार्यक्रममा सबभन्दा बढ़ी मुस्लिम समुदायको बच्चाहरु शिक्षाको मुहानबाट बंचित हुदै आएकोले बिशेष ध्यानका साथ आफुले बिद्यालय तथा मदरसा भर्नामा लागेको शिक्षा मन्त्रीले जनाए ।


बच्चाहरुलाई भर्ना गरेर मात्र नहुने भन्दै टिकाउने तिर ध्यान दिनु पर्ने बयक्त गरे । मन्त्री गिरिराज मणि पोखरेलले बच्चा हरू आर्थिक, बिकटता र सांस्क्रतिक कारणले शिक्षा जस्तो मौलिक अधिकार बाट बंचित हुदै आएको बताउदै अनिवार्य शिक्षा ऐनको माध्यम बाट मुस्लिम समुदायको भर्ना दर बढाउन अनिवार्य रहेको भने ।
बिद्यालय नपुग्ने हरुमा मुस्लिम, दलित, सीमान्तकृत र आर्थिक रूपले पछाडि परेको समुदायका बच्चाहरुको सङ्ख्या बढी रहेकोमा दुख बयक्त गरे ।
मन्त्री पोखरेलले ‛ बिद्यालय भर्ना गरी उत्पादनशील नागरिक बनाउनु पर्ने आजको आवश्यकता ’ रहेको ठहर गरे ।
मुस्लिम समुदाय भित्रका अगुवाहरुमा पक्ष र प्रतिपक्षको भावना नभएको कुरा गर्दै खुशी भएको बताउदै पाठ्यक्रम र् पाठ्यपुस्तक निर्माणमा सहयोग गराउन आग्रह समेत गरे।

 

शिक्षा मन्त्रालयको शिक्षा बिभागीय उपसचिव केशव दहालले मुस्लिम समुदायको मांग मुद्दाहरु जायज रहेको भन्दै सुधार गर्न जरूरी छ ।संघीय शिक्षा ऐनमा मदरसा लाई सम्बोधन , कर्मचारिको हिसाबले कुनै पनि कमी नहुने बताए ।

कार्यक्रममा इस्लामी संघनेपालको पूर्व अध्यक्ष नज़रुल हसनले मदरसा र बिद्यालय भर्नागर्न आइरहेको समस्यालाई जिकिर गर्दै सुधार हुनु पर्ने मांग राखे ।

नज़रुल हसन

नज़रुल हसनले“ मुस्लिम बाहुल्यता क्षेत्रमा स्कुलको कमी
बिद्यालय हरुको सरकारी स्तरमा निगरानीको कमी
गुणस्तरीय बिद्यालयको पहुँचमा कमी
मुस्लिम मैत्री स्कूल नहुनु
इस्लाम धर्म बारे पाठ्यक्रममा बिषयको समावेश न हुनु
मदरसा प्रमाणपत्र को मान्यतामा नहुनु
मदरसा पहिचान सहितको संस्था निर्माणमा कमी
मदरसा लाई आर्थिक सहयोगमा कमी ” जस्ता रहेको समस्याहरु औल्याए ।

मोबीन खान

बिगतका सरकारहरुले फुटेको आँखाबाट मुस्लिम समुदायला हेर्दै आएको आरोप लगाउदै केयर फाउंडेशनका अध्यक्ष मोबीन खानले बिदेशमा पढ़न जाने इच्छुक विद्यार्थी हरुको एन ओ सी को प्रमाणपत्रको मान्यता हुने कुरा मन्त्री समक्ष राखे ।

मुख्तार अंसारी

ब्यूरोक्रेसीमा रहेको कर्मचारि हरुको सोच र नियतमा परिवर्तन नभए मदरसाको समस्या समाधान नहुने मुस्लिम संघ नेपाल महासचिव पूर्व सांसद मुख्तार अंसारीले भने ।

 

सीमा खान

मुस्लिम किशोरी हरुलाई बिशेष छात्रवृत्ति सहित भर्ना अभियानमा लाग्नु परेको नेपाल संघीय समाजवादी पार्टीको केंद्रीय सदस्य सीमा खानले बताईन ।

 

शमीम अंसारी

कार्यक्रममा मुस्लिम गठबन्धनका अध्यक्ष शमीम अन्सारीले मदरसा बोर्डलाई अधिकार सम्पन्न बनाएर जानू पर्ने बताउदै मदरसालाई अनावश्यक बदनाम गर्नेहरूलाई सजायको नियम ल्याउन मांग गरे ।

अतहर हुसैन फारूकी

 

माओबादी पार्टीका बोलिटब्यूरो सदस्य अतहर हुसैन फारूकीले मदरसा र सरकारी बिद्यालयको भर्ना सेशन मिलाउनु पर्ने बताए । मुस्लिम मुक्ती मोर्चाका अध्यक्ष समेत रहा फारुकिले नैतिक समाजिक आर्थिक धार्मिक लगायत विभिन्न बिषयमा विश्वविद्यालय सरहनै मदरसमा पढ़ाई हुदै आएको बताउदै प्रमुख धारमा ल्याउनु पर्ने बताए ।

 

मदरसा शिक्षा ब्यवस्थापन परिषदको आयोजना सम्पन्न भएको अन्तरकिर्या कार्यक्रममा माओबादी केन्द्रका बोलिटब्यूरो सदस्य पूर्व मंत्री हाकिकुल्लाह खान जमियत उल्मा नेपालका उपाध्यक्ष खालिद सिद्दीकी,वामी नेपालका कंट्री डायरेक्टर शमीम खान, अंतरराष्ट्रीय मुस्लिम समाजका संयोजक प्रोफेसर रमजान अलि मिया, इस्लामी संघ नेपालका खुर्शीद आलम , मुस्लिम मुक्ति मोर्चाका युवा इंचार्ज राज खान, इक्रा फाउंडेशनका अध्यक्ष अब्दुल कवि, पैगामका(त्रैमासिक उर्दू पत्रिका) एडिटर सेराज अहमद बरकतुल्लाह, एस टुगेदर वी क्यानका सचिवालय सदस्य शमशाद आदिल ,मौलाना मुफ़्ती अब्दुल हकीम , अख्तर हुसैन अन्सारी, मुक्तदा खान, अख्तर अहमद, ताहिर महमूद , अब्दुल्ला गुरुंङ ,ओबैदुरह्मान खान,अरमान हाशमी,अब्दुल अजीज, लगायत समाजिक शैक्षिक क्षेत्रमा कार्यरत रहेका अगुवा ,बुद्धिजीवी, विद्यार्थीहरु उपस्थित थिए।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter