आइतबार, २९ साउन २०७९

मुख्य खबर

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले गत मंसिरमा गरेको १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । जसअनुसार नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख ९२ हाजर ४८० कायम भएको छ । यो संख्यामा महिला संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष संख्या १ करोड ४२...बाँकी अंश →


‘विदेश जाने ९८ प्रतिशतभन्दा बढी नेपाली श्रमिकलाई फ्रि भिसा र टिकटको सुविधा छैन’

काठमाडौं- नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा जाने ९८ प्रतिशत भन्दा बढी श्रमिकलाई  फ्रि भिसा र टिकटको सुविधा नरहेको देखाएको छ। जिफन्टले अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) सँगको साझेदारीमा उक्त अध्ययन गरेको थियो।  वैदेशिक रोजगारीमा जाने १ हजार ५ सय ९३ जनासँग सर्वेक्षण गरेर प्रतिवेदन तयार...बाँकी अंश →


भारतको गणतन्त्र दिवसमा नेपालका राष्ट्रपति, प्रधानमन्त्रीसहितको शुभकामना

काठमाडौँ – भारतलाई ७३ औँ गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ। नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्काले आ–आफ्ना समकक्षीलाई बधाई तथा शुभकामना सन्देश पठाएका हुन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले शुभकामना सन्देश पठाउँदै भारतीय राष्ट्रपति रामनाथ कोविन्द...बाँकी अंश →


फेरि लकडाउन भए अर्थतन्त्रले थेग्न सक्दैन – अर्थमन्त्री शर्मा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले फेरि लकडाउन भए मुलुकको अर्थतन्त्रले थेग्न नसक्ने बताएका छन्। पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुनेमा उनले जोड दिए। बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को सोमबार भएको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले लकडाउन गर्दा...बाँकी अंश →


माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – कोभिड १९ को संक्रमण बढेसँगै सरकारले आगामी १५ माघसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयमा सोमबार बसेको सचिवस्तरीय बैठकले विद्यालयमा १५ गतेसम्म बिदा दिने निर्णय गरेको हो। मन्त्रालयमा प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिसअनुसार माघ १५ गतेसम्म विद्यालयको कक्षा बन्द गर्ने निर्णय भएको...बाँकी अंश →


मलेसिया बाढी : हजारौं मानिसले छाडे घर

क्वाललम्पुर– मलेसियमा बाढीका कारण हजारौं मानिसले आफ्नो घर छाडेका छन् । सात राज्य बाढीबाट नराम्रोसँग प्रभावित भएका छन् । घर छाडेकाहरुले राहत केन्द्रमा शरण लिइरहेको बीबीसीले जनाएको छ। आगामी केही दिनका लागि जारी गरिएको पूर्वानुमान सूचनामा भारी वर्षा र ठूला सामुन्द्री छाल आउने सम्भावना रहेको जनाइएको छ । मलेसियामा वर्षको...बाँकी अंश →


माओवादीको आठौं महाधिवेशन सकियो (विज्ञप्तिसहित)

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सकिएको छ।  पुस ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आठौं राष्ट्रिय महाधिवेशन आइतबार(आज) सकिएको हो। उद्घाटनसत्र सकिएसँगै १२ गतेबाट सुरु भएको बन्दसत्र केन्द्रीय समिति घोषणा गर्दै सकिएको हो। त्यसबीचमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि २५ वटा समूह बनाएर...बाँकी अंश →


एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग नियोग एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्टको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकारले एमसीसी अनुमोदनका लागि संसदमा पेश गरे त्यसको पक्षमा मतदान गर्ने निर्णय भएको लोसकपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले लोसपा एमसीसीको विपक्षमा नभएको बताए...बाँकी अंश →


संसद बैठक बस्दै, त्यसअघि कार्यव्यवस्था समितिको बैठकमा एमसिसीबारे छलफल हुने

काठमाडौँ – प्रतिनिधिसभाको बैठकको मंगलबार दिउँसो १ बजे बस्दैछ । बैठकको कार्यसूचि भने तय भइसकेको छैन । तर अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल हुन सक्ने जनाइएको छ । त्यसअघि बिहान साढे ११ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने छ । कार्यसूचि तय गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले समितिको बैठक...बाँकी अंश →


सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा झार्ने नेपालको लक्ष्य

लण्डन – प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गरेका छन् । लण्डनमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन कोप–२६ मा सहभागी विश्व नेताहरुको शिखर बैठकमा सोमबार प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रमा तीव्र गतिमा...बाँकी अंश →


प्राध्यापक मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक, उपराष्ट्रपति पुनले पुस्तकको विमोचन गरे

काठमाडौँ–आफ्नो १५ वर्षको कतार बसाईको अनुभव समेटेर प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको छ। सोमबार लैनचौर स्थित उपराष्ट्रपति कार्यालयको सभाहलमा उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकको विमोचन गरे। पुस्तक बिमोचन कार्यक्रममा रुपमा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतिक, आर्थिकलगायतको सम्बन्धहरु र नेपाली कामदारले...बाँकी अंश →


प्रधानमन्त्री देउवा लण्डनमा

लण्डन – प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन आइ पुगेका हु्न् । नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार बिहान काठमाडौँबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter