बुधबार, ०२ असार २०७८

मुख्य खबर

बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि गुम्दै जाने खतरा पैदा भयाे: प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ सामन्ती राज्य व्यवस्था विरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी गुम्दै जाने खतरा पैदा भएको बताएका छन्। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सामन्तवादका उपज सामाजिक कलङ्कका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक...बाँकी अंश →


जसपाको ठाकुर पक्ष आज मन्त्रीको शपथ लिँदै

काठमाडौँ – जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष शुक्रबार सरकारमा सहभागी हुने भएको छ। आफूहरुले उठाएको माग सम्बोधन भएको निष्कर्षसहित ठाकुर पक्ष नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो। प्रधानमन्त्री ओलीले महतोको नेतृत्वमा जसपाबाट आठजना मन्त्री र दुई जनालाई राज्यमन्त्रीमा नियुक्त गरेर शुक्रबार नै शपथ ग्रहण गराउने भएका छन्।...बाँकी अंश →


एमाले न जुट न फुट, एकता प्रयास पनि आलोचित

 पछिल्लो पटक उग्र झगडापछि अलग बाटो लागेका एमालेका दुई धार आफ्नो लयमा फर्कने अझै कुनै संकेत मिलेको छैन। अर्थात यी पृथक धार न जुट्न सकेका छन्, नत फुटको औपचारिक घोषणा गर्न सकेका छन्। द्विविधा र अस्पष्टताबीच नै फेरि सुरु भएको पार्टी एकताको प्रयास पनि अब आलोचित बन्न थालेको छ। पार्टी...बाँकी अंश →


काठमाडौँ उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म थप, किराना र खाद्यान्न पसल बिहान ९ बजेसम्म खुल्ने

काठमाडौँ – काठमाडौँ उपत्यकामा एक महिनाभन्दा बढि समयदेखि रहेको निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि लम्ब्याइएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संयुक्त बैठकले ११ दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। भक्तपुर जिल्लाका प्रशासन प्रमुख प्रेमप्रसाद भट्टराईले खाद्यान्न र किराना पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको बताए। ‘खाद्यान्न...बाँकी अंश →


संवैधानिक इजलासमा रहेका दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईले इजलास छाडे/ को-को न्यायाधीश हुन्छन् अबको इजलासमा?

काठमाडौँ- दोस्रोपटक गरिएको संसद विघटनसँग सम्बन्धी रिटहरुको सुनुवाइका लागि गठन भएको इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले छाड्न अस्वीकार गरेपछि अर्का दुईजना न्यायाधीशले छाडेका छन्। फागुन २३ निवेदकको माग बाहिर गएर आदेश दिएको र उक्त आदेशमा पुनरावलोकनको निस्सा नदिएको भन्दै न्यायाधीश श्रेष्ठ र केसीको उपस्थिति प्रति १४६ जना सांसदका...बाँकी अंश →


जसपाद्धारा महन्थठाकुरसहित चारजना नेता निष्काशित

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना ४ जना नेता निष्काशित गरेको छ। पार्टीका नेता मोहमद इस्तियाक राईका अनुसार सोमबारको पार्टीको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको हो। यसबारे मंगलबार निर्वाचन आयोजमा जानकारी समेत गराइसकेको नेता राईले बताए। योसँगै वर्तमान सरकारमा सहभागि...बाँकी अंश →


तीन सन्तान जन्माउन छुट दिने चीनकाे घाेषणा

चीनले तीन सन्तान जन्माउन दम्पतीहरुलाई छुट दिने भएको छ। दम्पतीहरुलाई अधिकतम तीन सन्तानसम्म जन्माउन छुट दिने व्यवस्था लागु गर्ने घोषणा सोमबार चीनले गरेको हो। योसँगै चीनमा बढिमा दुई सन्तान मात्रै जन्माउन पाउने नियम अन्त्य हुने भएको छ। यस सम्बन्धी परिवर्तनलाई राष्ट्रपति सी जिनपिङ्गले पोलिटिकल ब्यूरोको बैठक मार्फत प्रमाणिकरण गरेको चिनियाँ...बाँकी अंश →


राष्ट्रियसभाको उप–निर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डे विजयी

दाङ– लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा दृगनारायण पाण्डे विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउँदै नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (उपेन्द्र पक्ष)को समर्थनमा उम्मेदवार बनेका पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन्। पाण्डेले ४ हजार १४० मतभार प्राप्त गरे भने खड्काले...बाँकी अंश →


विश्वकप छनोट खेल्न नपाली फुटबल टोली कुवेत प्रस्थान

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोली इराकबाट कुवेत प्रस्थान गरेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोटका बाँकी खेल खेल्न नेपाल कुवेततर्फ प्रस्थान गरेको हो । नेपाली टिमका व्यवस्थापक मधुसुधन उपाध्यायका अनुसार इराकी स्थानीय समय अनुसार नेपाली टोली साँझ ६ बजे कुवेततर्फ प्रस्थान गरेको हो । गएराति भएको इराकसँगको...बाँकी अंश →


संवैधानिक इजलासमा न्यायाधीशद्वय केसी र श्रेष्ठको पात्रताबारे प्रश्नको छिनोफानो भोलि हुनसक्ने

काठमाडौँ- संवैधानिक इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको पात्रताबारे इजलासमा प्रश्न उठेपछि सबै न्यायाधीशहरु सर्वोच्च अदालतमा छलफलमा बसे पनि यसबारे आइतबार कुनै निर्णय हुन सकेन। संसद् विघटनसम्बन्धी मुद्दाहरुमा बिहीबारदेखि सुरु भएको संवैधानिक इजलासमा तीन दिनसम्म पनि न्यायाधीशद्वय केसी र श्रेष्ठको विवादास्पद उपस्थितिबारे बहसकर्ताहरुले प्रश्न उठाउँदै आइरहेका छन्। यसबारे आइतबारको...बाँकी अंश →


भियतनाममा भेटियो कोरोना भाइरसको अति संक्रामक नयाँ ‘हाइब्रिड’ भेरियन्ट

भियतनाममा तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ। भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने अधिकारीहरुले बताएका छन् । भियटनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिबार नयाँ म्युटेशन निकै खतरनाक रहेको बताएका छन्...बाँकी अंश →


सभामुख सापकोटाको चेतावनीः असाधारण कदम चाल्न सक्छु

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापित गर्न असाधारण कदम चाल्ने चेतावनी दिएका छन्। संसद विघटनबारे कानुनविद्सँगको छलफलमा सभामुख सापकोटाले संविधान, लोकतन्त्र र जनताको हितका लागि असाधारण कदम चाल्न पनि आफू तयार रहेको बताएका हुन्। दोस्रोपटक गरिएको संसद विघटनबारे विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्ने क्रममा सभामुख सापकोटाले बिहीबार संविधान र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter