शनिबार, १५ बैशाख २०८१

मिटरब्याज पीडित र सरकारबीच गृह मन्त्रालयमा वार्ता सुरु

१३ फाल्गुन २०८०, आईतवार १९:४९ मा प्रकाशित

काठमाडौँ – मिटरब्याज पीडित र सरकारबीच वार्ता सुरु भएको छ। मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच आइतबार बेलुका गृह मन्त्रालयमा वार्ता सुरु भएको हो।

सरकारले वार्ताका लागि गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको छ। यस्तै, मिटरब्याज पीडितको तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली बनेको छ।

उनीहरुलाई गृहले आजै वार्ताका लागि बोलाएको थियो।मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति मार्फत देशभरका मिटरब्याज पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन्।

 

यतिबेला उनीहरू काठमाडौँ भेला भएर विरोध प्रदर्शन गर्नुका साथै सिंहदरबार मार्चपास समेत गर्दै आएका छन्। मिटरब्याज सम्बन्धी समस्या समाधानको लागि गृह मन्त्रालयमा पटक पटक छलफल भएको थियो।

मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि कानुन संशोधन गर्नुका साथै अधिकार सम्पन्न आयोग गठन समेत गठन गरिएको थियो। उक्त आयोगको कार्यकाल सकिएपछि उजुरी फर्छ्यौट सम्बन्धी कार्यविधि तर्जुमा गरी दुवै पक्षको बिचमा छलफल तथा मेलमिलाप समेत गराइएको थियो।

 

सहमति नभएका विषयमा कानुन बमोजिम मुद्दा दर्ता गर्ने लगायतका जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गरिएको गृह मन्त्रालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारीले उक्त कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter