काएरो, इजिप्ट, १५ चैत (रासस÷एएफ्पी) ः इजिप्टको राष्ट्रपतिमा अब्देल फताह अल सिसी पुनः निर्वाचित बन्नुभएको छ । बिहीबार सार्वजनिक मत परिणाम अनुसार अलसिसीले खसेको सदर मतको ९२ प्रतिशत मत प्राप्त गर्नुभएको इजिप्टको राज्य सञ्चालित सञ्चारमाध्यम मेना न्यूज एजेन्सीले जनाएको छन् । राष्ट्रपतिका लागि सोमबार शुरु भएको निर्वाचन तीन दिनका दिन...बाँकी अंश →

इस्लामावाद, १५ चैत (रासस÷एएफपी) ः सन् २०१४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी नागरिक मलाला युशुफजाई बिहीबार पाकिस्तान फर्किनुभएको छ । हाल २० वर्ष पुगेकी युशुफजाइले १४ वर्षको उमेरमा उक्त पुरस्कार हात पार्न सफल हुनुभएको थियो । हाल उहाँले एकजना बाल अधिकारकर्मीका रुपमा काम गरिहनुभएको छ ।...बाँकी अंश →
काठमाडौँ, १५ चैत (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्ति र समृद्धिका लागि मुलुकले सक्दो योगदान गर्नुपर्नेमा जोड दिनुभएको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज अपराह्न सम्बोधन गर्दै उहाँले छिमेकी राष्ट्रलगायत तमाम मित्रसँग मैत्री र सहकार्यको हात बढाउनुपर्ने बताउनुभयो । राष्ट्रपतिले नेपाल र नेपालीका विकासका आकांक्षा पूरा गर्न...बाँकी अंश →

काठमाडौँ । विभिन्न धर्मावलम्बीले गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएका व्यक्तिको सम्झनामा आज माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन् । चारुमती बौद्ध विहारले आयोजना गरेको कार्यक्रममा हिन्दू, बौद्ध, शिख, किरात धर्मावलम्बीका साथै मृतकका आफन्त उक्त स्थानमा गरिएको श्रद्धाञ्जलिसभामा सहभागी भएका छन्...बाँकी अंश →
काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले आगामी बुधबार मस्यौदालाई अन्तिम रुप दिने भएको छ । सिंहदरबारस्थित नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बसेको कार्यदलको आजको बैठकमा मस्यौदामाथि गहन र विस्तृतरुपमा छलफल भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,...बाँकी अंश →

चैत्र ११ , काठमांडौ (शमशाद आदिल) 'एस-टुगेदर वी क्यान' को प्रथम बार्षिक सभाको उद्घाटन गर्दै पूर्व कानून मन्त्री प्रोफेसर डम्बर नारायण यादव ले मधेशी जनता लाई अधिकार र पहुँचमा सरकारले संकुचित राखेको बताए । संघीय गणतन्त्र को पक्षमा रहने मधेशी थारू मुस्लिम दलित समुदाय लाई ऊनि हरुले पाउनु पर्ने पूर्ण...बाँकी अंश →

काठमांडू (केयर खबर) आज बिदाको दिन गृह मन्त्रालय मा बसेको नेपाल हज समितिको उपसमिति को बैठक राती ७ बजे सकियो उक्त बैठकले उहि उरानो आफ्नै निर्णयलाई सदर गरेको छ। जो निर्णय ठुलो घोटाला भयो भनेर माननीय गृह मन्त्री र सार्वजनिक खरिद अनुगम को कार्यालय मा निवेदन समेत परेको थियो र...बाँकी अंश →
चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चौथो पटक थपिएको म्यादभित्र नारायणगढ-मुग्लिनसडक खण्डको काम नसकिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् । अनुगमनका लागि आइतबार आएका मन्त्री महासेठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै काठमाडौं जोड्ने मुख्य मार्ग भएकोले कामलाई गम्भीरतापूर्वक लिन आयोजना कार्यालय र ठेकेदारहरुलाई आग्रह गरे । ‘अब सडक विस्तारको...बाँकी अंश →
काठमाडौं । वैदेशिक रोजगारमा जानेका लागि सरकारले देशका थप तीन ठाउँबाट श्रम स्वीकृति दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै दिँदै आएको सेवालाई राजधानीबाहिर तीन ठाउँमा थप गरेको हो । वैदेशिक रोजगारमा जाने युवालाई सहज गराउन श्रम मन्त्री गोकर्ण विष्टले सुनसरीको इटहरी, जनकपुर र बुटवलबाट...बाँकी अंश →
नयाँ दिल्ली । सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ । भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गर्नुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । भारतीय संसद्मा विदेशमन्त्री सुषमा स्वराजले इराकमा तीन वर्षअघि निर्माणसम्बन्धी काममा कार्यरत ३९ जना...बाँकी अंश →
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई स्वेच्छिक अवकाश नदिने नीति लिएपछि कानुन बमोजिम स्वेच्छिक अवकाशका लागि निवेदन दिएका करीव १० हजार कर्मचारीको भविष्य अब के होला ? यो प्रश्न सिंहदरबारभित्र अहिले ‘हटकेक’ बनेको छ । प्रधानमन्त्री र मन्त्रीले अझ एककदम अघि...बाँकी अंश →

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनलाई पाकिस्तान र बंगलादेशले बधाई दिएका छन् । मंगलबार उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर नेपालका लागि पाकिस्तानका राजदूत डा मजहर जावेद र बंगलादेशका राजदूत माम्सी बिन्टे शाम्सले उपराष्ट्रपतिलाई छुट्टाछुट्टै बधाई तथा शुभकामना दिनुभएको हो । उपराष्ट्रपतिले पाकिस्तानी राजदूतसँगको भेटमा आफूलाई बधाई दिएकामा पाकिस्तान सरकार, पाकिस्तानी जनता...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: