शनिबार, १५ बैशाख २०८१

अल सिसी पुनः इजिप्टको राष्ट्रपति निर्वाचित: स्थानीय सञ्चारमाध्यम

१५ चैत्र २०७४, बिहीबार २०:३३ मा प्रकाशित

काएरो, इजिप्ट, १५ चैत (रासस÷एएफ्पी) ः इजिप्टको राष्ट्रपतिमा अब्देल फताह अल सिसी पुनः निर्वाचित बन्नुभएको छ ।

बिहीबार सार्वजनिक मत परिणाम अनुसार अलसिसीले खसेको सदर मतको ९२ प्रतिशत मत प्राप्त गर्नुभएको इजिप्टको राज्य सञ्चालित सञ्चारमाध्यम मेना न्यूज एजेन्सीले जनाएको छन् ।

राष्ट्रपतिका लागि सोमबार शुरु भएको निर्वाचन तीन दिनका दिन बुधबार सम्पन्न भएको थियो ।

निर्वाचनका लागि दर्ता भएका छ करोड मतदातामध्ये दुई करोड ३० लाख मतदाताले मतदानमा भाग लिएका भन्ने समाचार राज्य सञ्चालित अल अहराम साथै अकहबार एल योउम पत्रिकाले जनाएका छन् ।

राष्ट्रपतिको प्रतिस्पर्धीका रूपमा माउसा मुस्तफा माउसा एकमात्र प्रतिस्पर्धी रहनुभएको थियो । तर उहाँले अलसिसीको तुलनामा निकै कम मत ल्याएको सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter