बिहिबार, १३ बैशाख २०८१

कला/साहित्य

रानीपोखरी पुनःनिर्माण शुरु

काठमाडौँ, २० फागुन ,,  ऐतिहासिक रानीपोखरीे पुनःनिर्माण शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु गरिएको जानकारी दिनुभयो । परम्परागत शैली र प्रविधि मै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनःनिर्माण हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “रानीपोखरी पुनःनिर्माण शुरु...बाँकी अंश →


मैथिली भाषा–साहित्यको संरक्षणमा जोड

जनकपुरधाम, १९ फागुन ,,  मैथिली भाषाप्रति अपनत्व बोध गरेमा मानक सम्बन्धमा विद्यमान द्विविधाको अन्त्य हुन सकिने धारणा विज्ञले व्यक्त गर्नुभएको छ । मैथिली विकास कोषद्वारा आज यहाँ आयोजित ‘मैथिली भाषा–साहित्य संरक्षणमा चुनौती र निदान’ विषयक विमर्श कार्यक्रममा उहाँहरूले परस्परमा बोलिने र अभिव्यक्ति गरिनेमा बोधगम्यता छ भने भाषाप्रति द्विविधाको कुनै प्रश्नै...बाँकी अंश →


प्रा भण्डारीको अभिनन्दन

काठमाडौँ, १७ फागुन ,, योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले प्रा दुर्गाप्रसाद भण्डारीलाई अभिनन्दन गरेको छ । योगी नरहरिनाथको १०५ औँ जन्मजयन्तीका अवसरमा उहाँलाई अभिनन्दन गरिएको हो । पाँचवर्षदेखि अस्वस्थ प्रा भण्डारीलाई आज उहाँकै निवास भीमसेनगोलामा अभिनन्दन गरिएको परिषद्का महासचिव प्रा. सुरञ्जना बानियाँले बताउनुभयो । अङ्ग्रेजी भाषा साहित्यका प्राध्यापक भण्डारीले लामो...बाँकी अंश →


सङ्ग्रहालयका ठूला सामग्री आगन्तुकले हेर्न पाएनन्

ललितपुर, १६ फागुन ,, पाटन सङ्ग्रहालय केशवनारायण चोकबाट अन्यत्र सारेपछि यहाँका ठूला सामग्री आगन्तुकले हेर्न पाएका छैनन् । पाटन सङ्ग्रहालय रहेको केशवनारायण चोक २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको थियो । यहाँ अहिले प्रबलीकरण भइरहेकाले सङ्ग्रहालय अस्थायी रुपमा दरबार क्षेत्रकै अर्काे भवनमा सारिएको सङ्ग्रहालयले बताएको छ । सङ्ग्रहालयको प्रबलीकरणका क्रममा धेरै...बाँकी अंश →


झापामा कला साहित्य उत्सव

भद्रपुर, ३ फागुन  ,,  रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको कला साहित्य उत्सव यही फागुन १८ गतदेखि शुरु हुने भएको छ । झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार विर्तामोडमा पत्रकार सम्मेलन गरी रिर्डसले जानकारी दिएको हो...बाँकी अंश →


उत्कृष्ट कलाकार पुरस्कृत

काठमाडौँ, २८ माघ  ,,  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा भएको चारदिने ‘सिर्जनात्मक चित्रकला महोत्सव’ सम्पन्न भएको छ । विभिन्न कार्यक्रमका विजेता चित्रकारलाई पुरस्कृत गर्दै आइतबार महोत्सव सम्पन्न गरिएको कार्यक्रम संयोजक रमेशनाथ खनालले जानकारी दिनुभयो । महोत्सवअन्तर्गत प्रतियोगितात्मक चित्रकला कार्यशालामा सहभागी ६० चित्रकारमध्ये रोशन विक...बाँकी अंश →


दर्शकको मन जित्दै उदाए गायक अमृत

काठमाडौँ, २७ माघ   ,, ‘हिँड्छेउ माया तर्की तर्की, अन्तै माया लाउने मन छर्की, तिमी जुन, मिती हौ तारा, हुने हो कि आँशुको नौ धारा’ गायक अमृत खाती र गायिक उमा श्रेष्ठको स्वरमा भर्खरै बजारमा आएको ‘जुनतारा’ एल्बमको नयाँ गीत हो यो । बुधबार बजारमा आएको यो गीत दर्शकले निकै रुचाएका...बाँकी अंश →


कला महोत्सव : ६० चित्रकार प्रतिस्पर्धामा

काठमाडौँ, २७ माघ  ,,  काठमाडौँमा जारी ‘सिर्जनात्मक चित्रकला महोत्सव’को चित्रकला कार्यशालामा ६० चित्रकार प्रतिस्पर्धामा उत्रिएका छन् । काठमाडौँको हनुमानढोकास्थित ‘प्रतियोगितात्मक चित्रकला कार्यशाला’मा सहभागी भएर चित्रकारले आफ्नो कला क्यानभासमा उतारेको निर्णायक रहनुभएका अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला...बाँकी अंश →


बाँसको जराबाट कलाकारिता

खोटाङ, १७ माघ  ,,  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय मूर्तिकार रोजन राईलाई पछिल्लो समय मूर्ति तथा प्रतिमा निर्माणको कामले भ्याइनभ्याइ छ । शुरुमा बाँसको जराबाट जिल्लामै विभिन्न जीवजन्तु तथा देवीदेवताका मूर्ति बनाउँदै आउनुभएका उहाँका मूर्तिको माग पछिल्लो समय विदेशमा पनि बढेकाले भ्याइनभ्याइ भएको हो । नेपालको विभिन्न जिल्लाका...बाँकी अंश →


वरिष्ठ साहित्यकार शर्माको निधन

काठमाडौँ, १० माघ ,, वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज ८१ वर्षको उमेरमा निधन भएको छ । मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित उहाँको कलङ्कीस्थित नेशनल अस्पतालमा आज बिहान निधन भएको हो । शर्माका समालोचनाका साथै नाटक, कथा, कविता, उपन्यास, भाषाशास्त्र आदि विषयमा प्रशस्तै कृति प्रकाशित छन् । उच्च शिक्षाको...बाँकी अंश →


जयवागेश्वरी पुनःनिर्माण सम्झौता, दुई वर्षमा बन्ने

काठमाडौँ, ४ माघ  ,,  भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको छ । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महीना बित्दा पनि नगरेपछि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्ध गरेको थियो । माघ २ गते बुधबार तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता...बाँकी अंश →


डेरामा थन्किए ‘गजल’

भीमदत्तनगर, ३० पुस  ,,  विसं २०६९ मा अध्ययनको सिलसिलामा कञ्चनपुरको भीमदत्तनगर आइपुग्नु भएका २५ वर्षीय सिद्धनारायण आचार्य अनेकन पीडाका बीच साहित्यिक क्षेत्रका एक प्रतिभावान र सफल गजलकारका रुपमा परिचित हुनुहुन्छ । कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खड घर भएका आचार्य हाल भीमदत्त नगरपालिका–१८ गोबरियामा डेरामा बसेर यहाँको सुदूर पश्चिम विश्वविद्यालयमा स्नातक तहमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter