शुक्रबार, ०७ बैशाख २०८१

कला/साहित्य

सिमेन्ट उद्योगका कारण खानेपानीमा ‘लेदो

लमही, २४ चैत ,, दाङको सोनापुर सिमेन्टका कारण खानेपानीमा लेदो आउने गरेको छ । आकासबाट पानी परेको समयमा उपभोक्ताको धारामा लेदोसहितको पानी जाने गरेको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष प्रदीप गौतमले बताउनुभयो । “एक हप्ताअघि पानी पर्दा पनि लेदो आएको थियो, बर्षात्को समयमा लेदो मात्रै जान्छ”, उहाँले भन्नुभयो,...बाँकी अंश →


इतिहास बोकेको शिवालय क्षेत्र ओझेलमा

जाजरकोट, २४ चैत ,,  सरोकारवाला निकायको संरक्षण नपुग्दा इतिहास बोकेको जाजरकोटको शिवालय क्षेत्रको दैनिक महत्व हराउँदै गएको छ । भेरी नगरपालिका–१ कालेगाउँमा रहेको धार्मिक तथा ऐतिहासिक शिवालय क्षेत्र मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको हो । पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका खेल्नसक्ने शिवालय क्षेत्र आवश्यक प्रचारप्रसार नहँुदा ओझेलमा परेको छ ।...बाँकी अंश →


ऐतिहासिक पोखरीको प्रतिवेदन तयार

भादगाउँ, १८ चैत  ,,  भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित ऐतिहासिक भाज्या पुखुः (पोखरी) उत्खननसम्बन्धी अध्ययन प्रतिवेदन भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ऐतिहासिक भाज्या पुखु जीर्णोद्धार समितिका संयोजक प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले आइतबार प्रतिवेदन नगरप्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गर्नुभयो । प्रा डा श्रेष्ठले १२ औँ शताब्दीमा बनेको भाज्या पुखुको अन्तिम प्रतिवेदन इतिहासविद्,...बाँकी अंश →


शशीको योगदानबारे चर्चा

काठमाडौँ, १३ चैत ,, नेपाल भाषा तथा नेपाली भाषाको माध्यमबाट साहित्य सिर्जनामा योगदान गर्नुभएका व्यक्तित्व वासु शशीको ८३ औँ जन्मजयन्तीका अवसरमा मङ्गलबार यहाँ आयोजित कार्यक्रममा वक्ताले शशी साहित्य क्षेत्रका स्वाभिमानी व्यक्ति भएको धारणा राख्नुभयो । विसं १९९३ मा पशुपतिमा जन्मनुभएका सुप्रसिद्ध कवि तथा नाटककार शशीको २५ भन्दाबढी कविता सङ्ग्रह, खण्डकाव्य,...बाँकी अंश →


सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध होइन ः मन्त्री बाँस्कोटा

काठमाडौँ, ३ चैत ,,  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनुपरेको बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले आज संयुक्तरुपमा आयोजना गरेको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का विषयमा सरोकारवालासँग अन्तक्र्रियामा उहाँले डिजिटल माध्यमलाई व्यवस्थित...बाँकी अंश →


साहित्यकारको वनभोज

काठमाडौँ, ३ चैत ,, नेपाल स्रष्टा समाजले शनिबार साहित्यकारहरूका लागि वार्षिक वनभोजको कार्यक्रमको आयोजना ग¥यो । सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटे बीच रिसोर्टमा भएको सो कार्यक्रममा साहित्यका विभिन्न विधाका लेखक, कलाकार तथा पत्रकारको उपस्थिति थियो । कार्यक्रममा समाजका अध्यक्ष विधान आचार्य तथा उपाध्यक्ष डा गोविन्दमान सिंह कार्कीले लेखक तथा साहित्यकारहरूबीच हुने यस्ता...बाँकी अंश →


प्रज्ञा–प्रतिष्ठानले ‘बालप्रज्ञा’ प्रकाशन गर्ने

काठमाडौँ, २७ फागुन ,,  नेपाल प्रज्ञा–प्रतिष्ठानले बालसाहित्यसम्बन्धी पत्रिका प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिलो पटक ‘बालप्रज्ञा’ नामक अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशन गरिने भएको हो । प्राज्ञ परिषद्को बैठकको निर्णयानुसार साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको संयोजनमा नयाँ वर्ष २०७६ वैशाखबाट ‘बालप्रज्ञा’ प्रकाशन हुने विभागीय प्रमुख प्राज्ञ डा देवी नेपालले...बाँकी अंश →


सन्दर्भः अरनिको स्मृति दिवस

काठमाडौँ, २६ फागुन ,, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकोको सम्झनामा सोमबार पहिलो स्मृति दिवस मनाउँदैछ । अरनिको निधन भएको दिन पारेर प्रतिष्ठानले मार्च ११ तारिखमा विभिन्न कार्यक्रम गरी प्रत्येक वर्ष उहाँको स्मृति दिवस मनाउने तयारी गरेको छ । सन् १३०६ मार्च ११ तारिख ६३ वर्षको उमेरमा कलाकार अरनिकोको चीनमा...बाँकी अंश →


पल्लीमगरको ‘मेरो जीवनयात्रा’

काठमाडौँ, २६ फागुन ,,  सङ्गीतविज्ञ हस्तबहादुर थापा (पल्लीमगर)को आत्मकथा ‘मेरो जीवनयात्रा’ लोकार्पित भएको छ । रत्न पुस्तक भण्डारले बजारमा ल्याएको सो पुस्तकको पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बरालले शनिबार विमोचन गर्नुभएको हो । स्याङ्जाको एउटा विकट र पिछडिएको गाउँमा जन्मे–हुर्केका र २८ वर्ष बेलायती सेनाको ब्रिटिस गोर्खा ब्याण्डमा कामको अनुभव हासिल गरेका...बाँकी अंश →


धरहरा पुनःनिर्माणको कामले गति लियो

काठमाडौँ, २३ फागुन ९ ,,  एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ । जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो । प्रमुख मानन्धरका...बाँकी अंश →


श्रीमहलको पुनःनिर्माण वैशाखदेखि शुरु हुने

काठमाडौँ, २२ फागुन ,,  पुल्चोकस्थित राणाकालीन भवन श्रीमहलको पुनःनिर्माण आगामी वैशाखदेखि शुरु हुने भएको छ । अहिले ठेक्का सम्झौताको प्रक्रिया भइरहेकाले दुई महीनाभित्र निर्माण कार्य शुरु हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । स्थानीय पूर्वाधार विभाग (पहिले विभागलाई स्थानीय पूर्वाधार विकास...बाँकी अंश →


लोक सङ्गीतको जगेर्ना गर्दै दोहोरी प्रतियोगिता

रुपन्देही, २२ फागुन ,, “मौका मिल्दा गीत गाउन झराँै है, गीत सङ्गीतको जगेर्ना गरौँ है” बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो । विमलाको टुक्का सकिएलगत्तै प्रितीले “नलागोस् है दोहोरीलाई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter