वीरगञ्ज, १० जेठ (रासस) स्थानीय निकायको निर्वाचनपश्चात् स्थिर सरकार आउँदा विकास निर्माणले गति लिन थालेपछि बारावासी खुशी भएका छन् । दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचनले स्थिर तथा ठोस सरकार दिँदा कहीँ नाला निर्माण हँुदैछ भने कहीँ सडक ढलानले तीव्रता पाउँदैछन् । विकास निर्माण द्रुत गतिमा हुन थालेपछि बाराको परवानीपुर...बाँकी अंश →
दैलेख, १० जेठ (रासस) नारायण नगरपालिका जिल्लाका ११ वटै स्थानीय तहमध्येकै पुरानो हो । विसं २०५३ मा स्थापना भएको नारायण नगरपालिकाभित्रको मुख्य सडकमा वर्षेनी करोडौँ रकम खर्च भएको बिल भर्पाइ पेश गरिन्छ । सडक स्तरीय भने हुँदैन । “वर्सेनि खर्च हुने लाखौँ रकम अर्थहीन छ,” स्थानीयवासी हेमा खड्काले गुनासो गर्नुभयो...बाँकी अंश →
विराटनगर, १० जेठ (रासस) चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा ४२२ वटा सवारी दुर्घटना भई ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । गत साउनदेखि वैशाख अवधिमा सो दुर्घटनाका कारण मृत्यु हुनेमा ८० पुरुष, नौ महिला, दुई बालक र चार जना बालिका छन् । सवारी दुर्घटनामा परी...बाँकी अंश →
मनाङ, १० जेठ (रासस) ः गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको महसुस गर्दै मनाङका विद्यालय आवासीय बन्दै छन् । यस जिल्लामा रहेका चारवटा माविले यस कार्यको अवधारणा ल्याएको हो । विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुने र स्थानीय भन्दा बाहिरी विद्यार्थीले विद्यालय धान्नुपर्ने भएकाले आवासीय बनाउन आवश्यक रहेको लोकप्रिय माविका प्रधानाध्यापक सुरेश...बाँकी अंश →
काठमाडौँ, १० जेठ (रासस) प्रदेश नं ३ स्तरीय सूचनाको हकसम्बन्धी तीनदिने आवासीय प्रशिक्षण आजदेखि भक्तपुरमा शुरु भएको छ । अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा सूचनाको हक, सुशासन र पारदर्शिताका क्षेत्रमा क्रियाशील संस्था फ्रिडम फोरमद्वारा आयोजित प्रशिक्षणमा नुवाकोट, धादिङ, गोरखा, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न कार्यालयका २३ जना सूचना...बाँकी अंश →
इटहरी, १० जेठ (रासस) जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा आजदेखि इटहरी उपमहानगरपालिकामा स्थानीय जनप्रतिनिधिहरु सम्मिलित बजेट तथा योजना निर्माण र त्यसको कार्यान्वयनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी शुरु भएको छ । स्थानीय तहमा सुशासन र त्यसको सफल कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्यमा समान पहुँच तथा स्वरोजगार, लैङ्गिकमैत्री नीति र बजेट तर्जुमा सम्बन्धमा लक्षित...बाँकी अंश →
भक्तपुर, १० जेठ (रासस) भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ । यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । गत २०७४ साल असार अन्तिममा प्रथम...बाँकी अंश →
लहान, १० जेठ (रासस) ः आन्तरिक राजश्व कार्यालय लहानले आर्थिक वर्ष २०७४÷७५ मा १२ करदातालाई कारवाही गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका छजना करदातामाथि कानूनी कारवाहीस्वरुप जग्गा रोक्का गरिएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो । यस्तै कर नतिर्ने अन्य छजना करदातामाथि कारवाही...बाँकी अंश →
दमक, १० जेठ (रासस) ः द्वन्द्वका समयमा बेपत्ता भएका झापा, दमकका दुईजना युवाको सम्झनामा संस्था स्थापना गरिएको छ । बेपत्ता परिवारसहित सरोकारवालाको यहाँ सम्पन्न भेलाले पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठान संस्था स्थापना गरेका हुन् । प्रतिष्ठान संस्था दर्ता ऐनअनुसार जिल्ला प्रशासन कार्यालय झापामा दर्तासमेत भइसकेको छ । दमक–१ निवासी पुष्प बस्नेत र...बाँकी अंश →
भोजपुर, १० जेठ (रासस) ः नेपाल धितोपत्र बोर्डको आयोजनामा यहाँ पूँजीबजारसम्बन्धी प्रशिक्षण दिइएको छ । धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीलगायतको टोलीले बुधबार पहिलोपटक भोजपुर जिल्लामा पूँजीबजारको विषयमा प्रशिक्षण दिएको हो । बोर्डले जनचेतना फैलाउने तथा पूँजी बजारलाई व्यवस्थित गर्दै धितोपत्रमा लगानी गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले प्रशिक्षण...बाँकी अंश →
काठमाडौँ, १० जेठ (रासस) रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जनाएको छ । नुवाकोटको बेलकोट नगरपालिका–२ मा जनजागरण सामुदायिक पुस्तकालयमा बाल कक्ष, सूचना सञ्चार प्रविधि कक्ष, विपद् जोखिम न्यूनीकरण कक्षलगायत नौवटा कक्ष र चारवटा पहुँचयोग्य शौचालय हालै निर्माण गरिएको छ ।...बाँकी अंश →
इनरुवा, १० जेठ (रासस) ः सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न क्षेत्रमा रहेका विद्यालयलाई बिहानी कक्षा सञ्चालन गर्नका लागि अभिभावकले आग्रह गरेका छन् । अत्यधिक गर्मी भएकाले विद्यालयलाई बिहानी कक्षा सञ्चालन गरी बालबालिकाको सर्वाेपरि हितलाई ध्यान दिन आग्रह गरेका हुन् । सदरमुकाम इनरुवामा रहेको शारदा मावि, बलाहा र राजाजी माविलगायतका अभिभावकले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: