शुक्रबार, २८ बैशाख २०८१

सुनसरीमा बिहानी कक्षा सञ्चालन गर्न आग्रह

१० जेष्ठ २०७५, बिहीबार १०:४९ मा प्रकाशित

इनरुवा, १० जेठ (रासस) ः सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न क्षेत्रमा रहेका विद्यालयलाई बिहानी कक्षा सञ्चालन गर्नका लागि अभिभावकले आग्रह गरेका छन् ।

अत्यधिक गर्मी भएकाले विद्यालयलाई बिहानी कक्षा सञ्चालन गरी बालबालिकाको सर्वाेपरि हितलाई ध्यान दिन आग्रह गरेका हुन् । सदरमुकाम इनरुवामा रहेको शारदा मावि, बलाहा र राजाजी माविलगायतका अभिभावकले आफ्ना बालबालिकाको हितमा ध्यान दिनका लागि विद्यालय प्रशासनलाई आग्रह गरेका हुन् ।

केही दिनयता बढेको चर्काे घाम र गर्मीले बालबालिकाको स्वास्थ्यमा असर परेको भन्दै बिहानी कक्षा सञ्चालन गर्न आग्रह गरेको अभिभावक दिलीप साहले जानकारी दिनुभयो । उता भोक्राहा नरसिंह गाउँपालिकाका विद्यालय पनि बिहानीपख चलाउने गरी निर्णय गरिएको छ ।

गाउँपालिका क्षेत्रका सबै विद्यालयलाई बिहानीपख चलाउन प्रधानाध्यापकको बैठकले निर्णय गरेको प्रधानाध्यापक मनोज मेहताले जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter