आइतबार, ३० बैशाख २०८१

सूचनाको हकसम्बन्धी तीनदिने कार्यशाला शुरु

१० जेष्ठ २०७५, बिहीबार १२:२४ मा प्रकाशित

काठमाडौँ, १० जेठ (रासस) प्रदेश नं ३ स्तरीय सूचनाको हकसम्बन्धी तीनदिने आवासीय प्रशिक्षण आजदेखि भक्तपुरमा शुरु भएको छ ।

अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा सूचनाको हक, सुशासन र पारदर्शिताका क्षेत्रमा क्रियाशील संस्था फ्रिडम फोरमद्वारा आयोजित प्रशिक्षणमा नुवाकोट, धादिङ, गोरखा, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न कार्यालयका २३ जना सूचना अधिकारी सहभागी छन् ।

कार्यशालामा सूचनाको हकको अवधारणा, मान्यता, सैद्धान्तिक पक्ष, संवैधानिक र कानूनी पक्ष, सूचना अधिकारीको भूमिका, सूचनाको स्वतः खुलासा, सुशासन र सूचनाको हकको सम्बन्ध तथा स्थानीय सरकार र सूचनाको हकको प्रचलनलगायत विषयमा प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष झर्मेन्द्र झा र फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले प्रशिक्षण दिनुहुनेछ ।

सूचनाको व्यवस्थापन र प्रवाहमा सरकारी निकायहरूको क्षमता बढाई जनताप्रति उत्तरदायी शासनप्रणाली निर्माण गर्न सहयोग पु¥याउनु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको कार्यक्रम संयोजक सञ्जीव घिमिरेले जानकारी दिनुभयो ।

यसअघि प्रदेश नं ७ को धनगढी, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ५ को दाङमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter