शनिबार, २९ बैशाख २०८१

बजेट तथा योजनासम्बन्धी गोष्ठी

१० जेष्ठ २०७५, बिहीबार १२:१० मा प्रकाशित

इटहरी, १० जेठ (रासस) जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा आजदेखि इटहरी उपमहानगरपालिकामा स्थानीय जनप्रतिनिधिहरु सम्मिलित बजेट तथा योजना निर्माण र त्यसको कार्यान्वयनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी शुरु भएको छ ।

स्थानीय तहमा सुशासन र त्यसको सफल कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्यमा समान पहुँच तथा स्वरोजगार, लैङ्गिकमैत्री नीति र बजेट तर्जुमा सम्बन्धमा लक्षित वर्गमैत्री अवधारणालगायत विषयमा पारदर्शिताको नीति अवलम्बन सम्बन्धमा दुई दिनसम्म जनप्रतिनिधिलाई विशेष सचेतनासम्बन्धी ज्ञान दिने गोष्ठीको मुख्य उद्देश्य रहेको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको उक्त गोष्ठी शुभारम्भ कार्यक्रममा कार्यक्रमका संयोजक एवं उपप्रमुख लक्ष्मी गौतमले कार्यक्रमले लक्षित नीति मुताविक सबैले विशेष चासो दिएर योजना तर्जुमादेखि त्यसमा आवश्यक बजेट विनियोजन गर्दासमेत ध्यान दिनुपर्ने विषयमा सचेतनापूर्वक ज्ञान लिन सुझाव दिनुभयो ।

इटहरी उपमहानगरपालिकाका २० वटा वडाका निर्वाचित वडाध्यक्ष तथा सचिवसमेतको सहभागिता रहेको उक्त गोष्ठीमा आन्तरिक मामिला तथा स्थानीय कानून मन्त्रालय प्रदेश नं १का उपसचिव रवीन्द्र आचार्य, जिल्ला समन्वय समिति सुनसरीका समन्वय अधिकारी पुष्कर भट्टराई र लेखा अधिकृत टेकनाथ रेग्मीले सहजीकरण गरिरहनुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter